सांग्रिला १८औं वर्षमा प्रवेश

प्रेस विज्ञप्ती
मितिः २०७८।०७।१२
सांग्रिला १८औं वर्षमा प्रवेश
यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज मिति २०७८।०७।१३ गते आफ्नो १७औं वार्षिकोत्सव मनाई साताव्यापी कार्यक्रमको समापन गरेको छ । बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक १३ गतेका दिन विभिन्न कार्यक्रम गरी मनाएको हो । बैंकको उक्त वार्षिकोत्स कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकज्यूहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बैंकको तर्फबाट बैंकका अध्यक्ष श्री अच्युत प्रसाद प्रसाईले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो । बैंकका प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशीले सभाको समापन मन्तब्य व्यक्त गर्नुभई आजको कार्यक्रम समापनको घोषण गरिएको थियो ।
बैंकले आज कै दिन १००औं शाखाको रुपमा सुर्खेत स्थित यारीचोकमा शाखा कार्यालयमा सञ्चालनमा ल्याएको छ ।
त्यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा आजका दिन गैर सरकारी संस्था श्री इ–नेवल नेपाललाई कृत्रिम अंग वितरणका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले रकम रु २ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।
सांग्रिला डेभलमपेन्ट बैंक लिमिटेडको प्रांगणमा सम्पन्न १७ औं वार्षिकोत्सवको अवसरमा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र तथा तक्मा प्रदान गरिएको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक उत्सवको अवसर पारेर आज कै दिन देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आन्तरिक विप्रेशण सेवा समेत सञ्चालनमा ल्याएको छ ।
साग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहक वर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अवका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।
सहयोगको लागि धन्यवाद ।
……………………..
अपूर्व प्रसाद जोशी
प्रमुख सञ्चालन अधिकृत

संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको सहयोग

प्रेस विज्ञप्ती
मितिः २०७८।०७।१२
संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको सहयोग
यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ९ शाखा मार्फत आज मिति २०७८।०७।१२ गते सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक १२ गतेका दिन देशभर रहेको ९९ शाखा कार्यालयहरु मध्ये इटहरी, दार्चुला, वैतडी, गोरुसिंगे, वयलवास, मलेखु, अमरापुरी, भुमही र चावहिल शाखा कार्यालयहरुले विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको हो ।
इटहरी शाखा कार्यालयले वौद्धिक अपांगता भएका महिला तथा वालवालिकाहरु रहेको संस्था “माया घर” लाई खाद्यान्न वितरण गरेको थियो भने दार्चुला शाखा कार्यालयले दार्चुला जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण र स्थानीय समूदायमा सरसफाइ कार्यक्रम गरेको थियो । त्यस्तै वैतडी शाखा कार्यालयले राधाकृष्ण र उदयदेव मन्दिरमा सरसफाइ कार्यक्रम र गोरुसिंगे शाखा कार्यालयले स्थानीय समुदायमा सरसफाई गरेको थियो । काठमाडौं, चावहिल स्थित चावहिल शाखा कार्यालयले चावहिल गणेशस्थान मन्दिरमा सरसफाई कार्यक्रम गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको थियो । साथै, वयलवास शाखा कार्यालयले फुजोड मन्दिरमा सरसफाई र डस्टविन वितरण तथा मलेखु शाखा कार्यालयले भद्रकाली मन्दिरमा सरसफाई कार्यक्रम गरेका थिए । बैंकको अमरापुरी शाखा कार्यालयले डस्टविन वितरण र भुमही शाखा कार्यालयले पवित्रा वृद्धाश्रमलाई खाद्यान्न वितरण लगायतका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु गरी विभिन्न शाखा कार्यालय मार्फत आजको कार्यक्रम सम्पन्न गरिएको छ ।
विभिन्न शाखा कार्यालयमा विभिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनीय व्यक्तिहरुको सहभागिता रहेको थियो ।
यस किसिमका सहयोग सम्वन्धि कार्यक्रमले विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।
सहयोगको लागि धन्यवाद ।
……………………..
अपूर्व प्रसाद जोशी
प्रमुख सञ्चालन अधिकृत

सांग्रिला डेभलपमेन्ट बैंकको ९९ औं शाखा भुरिगाउँमा

प्रेस विज्ञप्ति
११ कात्तिक २०७८
सांग्रिला डेभलपमेन्ट बैंकको ९९ औं शाखा भुरिगाउँमा

सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक ११ गतेका दिन भुरिगाउँ शाखा सञ्चालनमा ल्याएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै ठाकुरबाबा नगरपालिका वडा नं. ०१ भुरीगाउँ, बर्दियामा भुरिगाउँ शाखा संचालनमा ल्याएको छ ।
बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो ।
भुरिगाउँ शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९९ पुगेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ ।
बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।

सहयोगको लागि धन्यवाद ।

……………………..
रजित मास्के
नायव महाप्रवन्धक
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

प्रेस विज्ञप्ती

मितिः २०७८।०७।१०

निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक १० गतेका दिन देशभर रहेको ९८ शाखा कार्यालयहरु मध्ये केन्द्रीय कार्यालय बालुवाटार, शाखा कार्यालयहरु ठिमी, पोखरा न्यूरोड, नेपालगंज, घोराही, धनगढी, नारायणगढ, बुटवल, इटहरी, गोरखा र भैरहवा गरी जम्मा ११ वटा शाखा कार्यालय मार्फत रक्तदान कार्यक्रम तथा केन्द्रीय कार्यालय बालुवाटारमा थप निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।
वालुवाटार काठमाडौमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ६५ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराई लाभान्वित भएका थिए भने नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न शाखा कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ७४३ जना व्यक्तिहरुले रक्तदान गर्नुभएका थिए ।
विभिन्न शाखा कार्यालयमा विभिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा हजार भन्दा वढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मेराकी हेल्थ सोलुसल प्रा.लि.को सहकार्यमा सम्पन्न बालुवाटारमा भएको उक्त स्वास्थ्य परीक्षण शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गराइएको थियो ।
यस कार्यक्रमले विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।
सहयोगको लागि धन्यवाद ।

……………………..
अपूर्व प्रसाद जोशी
प्रमुख सञ्चालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

सांग्रिला डेभलपमेन्ट बैंक र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल बिच सम्झौता

प्रेस विज्ञप्ती

मिति २०७७ ।०९।२७

सांग्रिला डेभलपमेन्ट बैंक र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल बिच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको यस बैंक र भरतपुर महानगरपालिका वडा नÞ ७, कृष्णपुर अवस्थित बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल बीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आवद्ध स्थायी चिकित्सक, प्राविधिक तथा कर्मचारीहरुलाई बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ । बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा निर्मल लामिछानेज्यूको विशेष उपस्थितिमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतमले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सहयोगको लागि धन्यवाद ।

सुयोग श्रेष्ठ
प्रमुुख कार्यकारी अधिकृत

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटल बिच सम्झौता

प्रेस विज्ञप्ती

२०७७ पौष २४

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटल बिच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको र आज मिती २०७७ पौष २४ गतेका दिन गोकर्णेश्वर नगरपालिका, नारायणटार स्थित नेपाल अर्थोपेडिक हस्पिटल बीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत नेपाल अर्थोपेडिक हस्पिटल आवद्ध चिकित्सक, तथा स्थायी कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकबाट रु.१५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ साथै सांग्रिला डेभलपमेन्ट बैंकका सेवाग्राहीहरु, खातावालाहरु, संस्थापक शेयरधनीहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनहरुलाई सो हस्पिटलमा उपचार गराउँदा बिशेष छुटको ब्यवस्था रहेको छ । हस्पिटल र बैक बिच आयोजित कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख जोखिम अधिकृत श्री निर्मल कुमार श्रेष्ठ र नेपाल अर्थोपेडिक हस्पिटलका मेडिकल डाइरेक्टर डा.युवराज खरेलले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपभोग गर्न सकिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सहयोगको लागि धन्यवाद ।

सुयोग श्रेष्ठ
प्रमुुख कार्यकारी अधिकृत

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नेपाल स्काउट मध्यपुर थिमि,स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अंतर्गत प्रदेश ३ ,भक्तपुुर स्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ । उक्त सहयोगले नेपाल स्काउट मध्यपुर थिमिका स्वयंम सेवकहरुलाई यस जाडो याममा आफ्नो दैनिक कार्य सम्पादनमा सहयोग पुग्नेछ । उक्त कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत श्री अपूर्व प्रसाद जोशीज्यूले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त श्री हरि बहादुर श्रेष्ठज्यूलाई ज्याकेट हस्तान्त्तरण गर्नुु भयो । नेपाल स्काउट केन्द्रीय तदर्थ समितीका सदस्य श्री बिजेन्द्र ध्वजुज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वडा न. ७ का वडा अध्यक्ष श्री कृष्ण कुमार प्रजापतिज्यु,स्थानीय परिषदका पदाधिकारी, स्काउट लिडर तथा स्काउट रोभर रेन्जरहरुको उपस्थिती रहेको थियो । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउँदछौं ।

सहयोगको लागि धन्यवाद ।

……………………..
सुयोग श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत

सांग्रिला डेभलपमेन्ट बैंकको QR code scan मार्फत नगद झिक्न सकिने

प्रेस विज्ञप्ती

सांग्रिला डेभलपमेन्ट बैंकको त्तच् अयमभ कअबल मार्फत नगद झिक्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै बालुवाटार शाखाबाट शुरु गरिएको QR code मार्फत आफुले चाहेको रकम QR Code scan गरी भुक्तानी लिने सुविधा हाल बैंकको नेपालभर रहेका सम्पूर्र्ण ९१ शाखा कार्यालयहरुबाट उपलब्ध गराईएको छ । यस अन्तर्गत ग्राहक महानुभावहरुले अधिकतम रु.१,००,०००÷– (अक्षेरुपी रु.एक लाख ) सम्मको रकम आफनो आवश्यकता अनुुुसार QR Code scan गरी भुक्तानी लिन सक्नुहुनेछ । चेक ATM को विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सहयोगको लागि धन्यवाद ।

सुयोग श्रेष्ठ
प्रमुुख कार्यकारी अधिकृत

सांग्रिला डेभलपमेन्ट बैंक र सि जि मोटो कर्प प्रा. लि. बीच सम्झौता

प्रेस विज्ञप्ति

सांग्रिला डेभलपमेन्ट बैंक र सि जि मोटो कर्प प्रा. लि. बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र झम्सिखेल, ललितपुर स्थित मुख्य कार्यालय रहेको सि जि मोटो कर्प प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक श्री रजित मास्के र सि जि मोटो कर्प प्रा.लि.का तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक श्री सिराज पन्तले हस्ताक्षर गर्नुुभएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले क्गशगपष् ब्राण्डको गाडीको आधिकारीक बिक्रेता सि जि मोटो कर्प प्रा. लि. बाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नुहुनेछ । यो सेवा बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।

सहयोगको लागि धन्यवाद ।

……………………..
सुयोग श्रेष्ठ
प्रमुुख कार्यकारी अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा लि बीच सम्झौता

प्रेस विज्ञप्ति
१९ असोज २०७७
सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा लि बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नक्साल, काठमाडौं स्थित मुख्य कार्यालय रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.का तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक श्री निराकर श्रेष्ठज्यूले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले Hyundai ब्राण्डको गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. बाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नुहुनेछ । यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।

सहयोगको लागि धन्यवाद ।

………………………
सुयोग श्रेष्ठ
प्रमुुख कार्यकारी अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड