सांग्रिला डेभलपमेन्ट बैंक र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल बिच सम्झौता

प्रेस विज्ञप्ती

मिति २०७७ ।०९।२७

सांग्रिला डेभलपमेन्ट बैंक र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल बिच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको यस बैंक र भरतपुर महानगरपालिका वडा नÞ ७, कृष्णपुर अवस्थित बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल बीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आवद्ध स्थायी चिकित्सक, प्राविधिक तथा कर्मचारीहरुलाई बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ । बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा निर्मल लामिछानेज्यूको विशेष उपस्थितिमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतमले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सहयोगको लागि धन्यवाद ।

सुयोग श्रेष्ठ
प्रमुुख कार्यकारी अधिकृत

Latest News