प्रेस विज्ञप्ती मिति : २०८०/०८/२४ सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

आज मिति २०८०/०८/२४ गते विहान ११ बजे लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाण्डौमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुत्तफ पूँजी ३,२६,७५,९१,७१६.७१/– को ५ प्रतिशत बोनस शेयर तथा कर भुत्तफनी प्रयोजनका लागि चुत्तफ पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम रु. ८५,९८,९२५.५७ (अक्षेरुपी पचासी लाख अन्ठानब्बे हजार नौ सय पच्चीस र पैसा सन्ताउन्न मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आ.व. ०७९/८० को वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सहयोगको लागि धन्यवाद ।

अपूर्व प्रसाद जोशी
प्रमुख संचालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

Latest News