प्रेस विज्ञप्ती“सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र बंजी नेपाल एडभेन्चर प्रा. लि बिच सम्झौता पत्रमा हस्ताक्षर”

बालुवाटार–४, काठमाडौं स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७, पोखरामा स्थित बंजी नेपाल एडभेन्चर प्रा. लि बिच बैंकका ग्राहक महानुभावहरुलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख श्री रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चर प्रा. लि. को तर्फबाट अध्यक्ष श्री सन्तोष भट्टराईले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक महानुभावले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी बंजी नेपाल एडभेन्चर प्रा. लि मा गई एकल बंजी गर्दा रु १००० र जोडी बंजी गर्दा रु १५०० सम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

सहयोगको लागि धन्यवाद ।

भवदीय,

…………………
अपूर्व प्रसाद जोशी
प्रमुुख संचालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

Latest News