प्रेस विज्ञप्ती मितिः २०८०।११।१८ “सांग्रिला डेभलपमेन्ट बैंक लि. र गौतम होटेल बिच सम्झौता”

साङ्ग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा ग्राहकलाई बर्दिबासमा रहेको एक होटलले आफ्नो सेवामा १५% छुट दिने भएको छ ।
देशभरिका जुनसुकै शाखाका कर्मचारी तथा ग्राहकले आजबाट लागु हुने गरी महोत्तरीको बर्दिबासमा रहेको गौतम होटल र धनुषाको लालगढमा रहेको होटल दुबै शाखाले आफ्नो सेवा लिए बापत १५% छुट प्रदान गर्ने भएको हो ।
बैंकको कर्मचारी तथा होटल संचालकबीच आज एक औपचारिक कार्यक्रम आयोजना गरि बैंकको तर्फ बाट प्रमुख कर्जा अधिकृत रजित मास्के, केन्द्रीय कर्जा विभाग प्रमुख विश्वरन्जन पाण्डे, बर्दिबास शाखा प्रबन्धक बिनेश कार्कीको उपस्थितिमा क्षेत्रीय प्रमुख रुपक मैनाली र होटल संचालक हिरा गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

Latest News