प्रेस विज्ञप्ती मिति २०८०/१२/०९ Global Money Week- 2024 मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरु मार्फत देशव्यापी सहभागिता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा Global Money Week- 2024 को अवसरमा “आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेको छ ।

बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए । मिति २०२४/०३/१८ देखि शुरु भएको यस साता व्यापी कार्यक्रम मिति २०२४/०३/२४ सम्म वित्तीय साक्षरता सम्वन्धि कार्यक्रम मार्फत वित्तीय चेतना फैलाउने कार्यक्रम निरन्तर रुपमा संचालनमा रहनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सहयोगको लागि धन्यवाद ।

प्रेस विज्ञप्ती मितिः २०८०।११।१८ “सांग्रिला डेभलपमेन्ट बैंक लि. र गौतम होटेल बिच सम्झौता”

साङ्ग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा ग्राहकलाई बर्दिबासमा रहेको एक होटलले आफ्नो सेवामा १५% छुट दिने भएको छ ।
देशभरिका जुनसुकै शाखाका कर्मचारी तथा ग्राहकले आजबाट लागु हुने गरी महोत्तरीको बर्दिबासमा रहेको गौतम होटल र धनुषाको लालगढमा रहेको होटल दुबै शाखाले आफ्नो सेवा लिए बापत १५% छुट प्रदान गर्ने भएको हो ।
बैंकको कर्मचारी तथा होटल संचालकबीच आज एक औपचारिक कार्यक्रम आयोजना गरि बैंकको तर्फ बाट प्रमुख कर्जा अधिकृत रजित मास्के, केन्द्रीय कर्जा विभाग प्रमुख विश्वरन्जन पाण्डे, बर्दिबास शाखा प्रबन्धक बिनेश कार्कीको उपस्थितिमा क्षेत्रीय प्रमुख रुपक मैनाली र होटल संचालक हिरा गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

प्रेस विज्ञप्ती मितिः २०८०।०९।२३ “सांग्रिला डेभलपमेन्ट बैंक लि. र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बिच स्वास्थ्य सम्झौता”

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बिच बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख श्री रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री डा. रविन्द« प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी, तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीका बाट प्रदान गर्नेछ । स्वास्थ चेक जाँचमा कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई १५ प्रतिशत र बैंकका ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

सहयोगको लागि धन्यवाद ।

भवदीय,

……………………..
अपूर्व प्रसाद जोशी
प्रमुख सञ्चालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

प्रेस विज्ञप्ती मिति : २०८०/०८/२४ सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

आज मिति २०८०/०८/२४ गते विहान ११ बजे लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाण्डौमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुत्तफ पूँजी ३,२६,७५,९१,७१६.७१/– को ५ प्रतिशत बोनस शेयर तथा कर भुत्तफनी प्रयोजनका लागि चुत्तफ पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम रु. ८५,९८,९२५.५७ (अक्षेरुपी पचासी लाख अन्ठानब्बे हजार नौ सय पच्चीस र पैसा सन्ताउन्न मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आ.व. ०७९/८० को वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सहयोगको लागि धन्यवाद ।

अपूर्व प्रसाद जोशी
प्रमुख संचालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

प्रेस विज्ञप्ती मिति : २०८०\०७\१३ सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

आज मिति २०८०\०७\१३ गते का दिन सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले विहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । यस सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द«, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो । मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्दिय कार्यालय बालुवाटार काठमाडौंकै प्रांगणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आखा अस्पताललाई रकम रु २,००,०००।– (अक्षरुपी दुई लाख मात्र) को आर्थिक सहयोग उपलब्ध गराइएको थियो । यस वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष श्री उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकज्यूहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिनु भयो । साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्दि«य कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गर्नुभएको थियो ।

बैंकको संचालक समितिका अध्यक्ष श्री उज्ज्वल सत्यालज्यूको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा बैंकमा ५ वर्ष भन्दा बढी अवधी काम गरेका कर्मचारीहरुलाई Excellence Award वितरण तथा Cake Cutting कार्यक्रम समेत गरिएको थियो । यस लगतै कार्यक्रमको अन्त्यमा बैंकका प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशीज्यूले बैंकको १९औं वार्षिकोत्सवले थप उर्जा प्रदान गरेको र आगामी दिनहरुमा पनि बैंकका सब परिवारले मिलेर थप मिहिनेतका साथ बैंकलाई उचाईमा पुयाउने विश्वास व्यक्त गर्दै सम्वन्धित सबैलाई धन्यवाद दिई कार्यक्रम समापन गरिएको थियो ।

सहयोगको लागि धन्यवाद ।

                                 

अपूर्व प्रसाद जोशी
प्रमुुख संचालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

प्रेस विज्ञप्ती मितिः २०८०।०५।२६ “सांग्रिला डेभलपमेन्ट बैंक लि. र हिमाल डेन्टल हस्पिटल बिच सम्झौता पत्रमा हस्ताक्षर ”

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बिच बैंकका ग्राहक महानुभाव तथा बंैकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा मिति २०८०।०५।२५ का दिन हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटल को तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक महानुभाव, तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बंैकका कर्मचारी तथा ग्राहक महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बंैकले लिएको छ ।

सहयोगको लागि धन्यवाद ।

……………………..
अपूर्व प्रसाद जोशी
प्रमुख सञ्चालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

प्रेस विज्ञप्ती मितिः २०८०।०६।०९ “सांग्रिला डेभलपमेन्ट बैंक लि. र सेल्सबेरी बिच सम्झौता पत्रमा हस्ताक्षर ”

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बिच बैंकका ग्राहक महानुभाव, बंैकका कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा मिति २०८०।०६।०९ का दिन हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुशील मान प्रधानाङ्घले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक महानुभाव, बंैकका कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका सामान खरिद जस्तै न्चयअभचष्भक( द्द५ ,ीष्त्रगयच( द्द५ तय ज्ञण् ५, ँचयशभल ँययमक( घ५ तय छ ५, म्बष्चथ ७ ँचभकज एचयमगअतक( द्द ५, एभचकयलब िऋबचभ (घ ५, ज्यगकभजयमि क्ष्तझक (छ ५ तय ज्ञद्द५ बलम न्बचmभलतक (द्दण् ५ तय द्दछ ५ छुट प्रदान गरिएको छ । यसबाट बैंकका ग्राहक महानुभाव, बंैकका कर्मचारी तथा शेयरधनी महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बंैकले लिएको छ ।

सहयोगको लागि धन्यवाद ।


अपूर्व प्रसाद जोशी
प्रमुख सञ्चालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

प्रेस विज्ञप्तीमिति २०८०।०६।२५ सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महिला बाइक राइडरहरुको स्वागत कार्यक्रम सम्पन्न ।

सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा मिति २०८०।०६।२३ गते का दिन “क्तयउ क्भहगब िख्यष्भिलअभ” भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ हाम्रो छिमेकी मुलुक भारतबाट सन् २०२३, अक्टोबर १ का दिन मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई बैंकको केन्दि«य कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरियो ।

सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष श्री उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत श्री सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी श्री हेमन्त कुमार प्रसादज्यूहरुद्वारा भारतबाट नेपाल आएका बाइक राइडर द्वय सुश्री स्वाती आर र सुश्री अनिता एम को एक कार्यक्रम वीच स्वागत गर्दै आफ्नो मन्तब्य व्यक्त गर्नुभयो ।
यस स्वागत कार्यक्रमले क्तयउ क्भहगब िख्ष्यभिलअभ भन्ने नारा बोकेर हिडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बंैकले लिएमो छ ।

सहयोगको लागि धन्यवाद ।

भवदीय,

अपूर्व प्रसाद जोशी
प्रमुख सञ्चालन अधिकृत

प्रेस विज्ञप्ती –वित्तिय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न

प्रेस विज्ञप्ती

वित्तिय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न

मितिः २०८०।०५।२५

यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तिय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले २०८० भाद« २२ गतेका दिन भैरहवा क्षेत्रको बुद्वचोक हुदै देवकोटाचोक, बैंकरोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन बुद्वचोकमा पुगेर सो प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु, क्लष्टर प्रमुखहरु र देशभरका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
यस वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमले सो क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
सहयोगको लागि धन्यवाद ।

अपूर्व प्रसाद जोशी
प्रमुख सञ्चालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

प्रेस विज्ञप्ती मिति २०८०।०४।०७ सांग्रिला डेभलपमेन्ट बैंक लि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको आर्थिक सहयोगप्रेस विज्ञप्ती

सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा आज मिति २०८०।०४।०७ गते महिला आदर्श सेवा केन्द«लाई आर्थिक सहयोग अन्र्तगत चेक हस्तान्तण गरी सहयोग गरेको छ । यस महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि. सं २०४० मा स्थापना भएको संस्था हो । यस वीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आप्mनै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त महिला आदर्श सेवा केन्द«लाई बैंकका प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गर्नुभएको थियो । यस किसिमको सहयोगले उक्त केन्द«लाई ठूलो मद्दत पुगेको कुरा व्यक्त गर्दै सो महिला आदर्श सेवा केन्द«का अध्यक्ष श्रीमती निरु श्रेष्ठज्यूले आफ्नो विचार राख्नु भयो ।

सांग्रिला डेभलपमेन्ट बंैकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको व्यहोरा समेत अवगत गराउँदछौ ।

सहयोगको लागि धन्यवाद ।