प्रेस विज्ञप्ती मिति २०८०।०४।०७ सांग्रिला डेभलपमेन्ट बैंक लि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको आर्थिक सहयोगप्रेस विज्ञप्ती

सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा आज मिति २०८०।०४।०७ गते महिला आदर्श सेवा केन्द«लाई आर्थिक सहयोग अन्र्तगत चेक हस्तान्तण गरी सहयोग गरेको छ । यस महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि. सं २०४० मा स्थापना भएको संस्था हो । यस वीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आप्mनै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त महिला आदर्श सेवा केन्द«लाई बैंकका प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गर्नुभएको थियो । यस किसिमको सहयोगले उक्त केन्द«लाई ठूलो मद्दत पुगेको कुरा व्यक्त गर्दै सो महिला आदर्श सेवा केन्द«का अध्यक्ष श्रीमती निरु श्रेष्ठज्यूले आफ्नो विचार राख्नु भयो ।

सांग्रिला डेभलपमेन्ट बंैकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको व्यहोरा समेत अवगत गराउँदछौ ।

सहयोगको लागि धन्यवाद ।

प्रेस विज्ञप्ती मिति २०८०।०४।०३ सांग्रिला डेभलपमेन्ट बैंक लि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा आज मिति २०८०।०४।०३ गते मालीगाँउ, काठमाडौं स्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरी सहयोग गरेको छ । त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन लगायत चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले उक्त ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरियो ।

सो कार्यक्रमका विच उक्त ट्राफिक प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशीले फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण गर्नुभएको थियो । यस किसिमको सहयोगले ट्राफिक प्रहरीहरुलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै यस सम्वन्धि कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भनी ट्राफिक प्रहरी वृत , मालीगाँउका प्रहरी निरीक्षक श्री सागर घले ज्यूले आफ्नो विचार राख्नु भयो ।

सांग्रिला डेभलपमेन्ट बंैकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको व्यहोरा समेत अवगत गराउँदछौ ।

सहयोगको लागि धन्यवाद ।

प्रेस विज्ञप्ती मिति २०८०।०२।१४ सांग्रिला डेभलपमेन्ट बैंक लि र ब्क्न् ASG EYE CARE AND HEALTH SERVICE बिच सम्झौता पत्रमा हस्ताक्षर

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ASG EYE CARE AND HEALTH SERVICE बिच बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा आज मिति २०८०।०२।१४ का दिन हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत श्री अपूर्व प्रसाद जोशी ज्यू र ASG EYE CARE AND HEALTH SERVICE को तर्फबाट निर्देशक डा Þसबिन ढकाल ज्यूले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार ASG EYE CARE AND HEALTH SERVICE ले बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका आँखा सम्बन्धी OPD Package, (Synoptophore, Retinoscopy etc) तथा अन्य package सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्नेछ । आँखा चेक जाँचमा बैंकका ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।

प्रेस विज्ञप्ती मिति २०८०।०२।२० वातावरण दिवसको अबसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल रयाली

विश्व बातावरण दिवसका अवसरमा आज मिति २०८०।०२।२० मा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले “इन्धन जोगाऔं, पृथ्वी बचाउौं”, नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल रयालीको आयोजना गरी सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुुयोग श्रेष्ठबाट साइकल रयालीमा सहभागीहरुलाई वातावरण संरक्षणमा सर्वसाधारणको दायित्व विषयमा संवोधन गरिए पश्चात साईकल रयालीको शुरुवात गरिएको थियो ।
बैंकको केन्द्रिय कार्यालय बालुवाटारको प्राङ्गण रयालीबाट सुरु भई गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबार मार्ग, कृष्ण पाउरोटी, सिटि सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो । उक्त साइकल रयालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी, प्रायोजक एवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरु गरीे लगभग ४०० भन्दा बढीको उपस्थिती रहेको थियो ।
यस साइकल रयालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुरयाउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । बातावरण लाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “SAVE FULE SAVE EARTH” भन्ने नारा लिएर बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिंदै जाने व्यहोरा जानकारी गराइन्छ ।
सो रयालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिर्सट र चिनो स्वरुप एक एक वटा विरुवा प्रदान गरिएको थियो । साथै एक साईकल रयालीमा सहभागी हुनुभएका श्री राधा कृष्ण श्रेष्ठज्यूलाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल प्रदान गरिएको थियो ।
“इन्धन जोगाऔं ,पृथ्वी बचाउौं” भन्ने नाराका साथ वातावरण दिवसको अवसरमा आयोजना गरिएको यस साईकल रयालीमा सम्पूर्ण व्यक्तित्वहरुको उत्साहपूर्वक सहभागीता रहेको थियो ।

प्रेस विज्ञप्ती मिति २०८०।०२।०७ सांग्रिला डेभलपमेन्ट बैंक लि र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्टिस्टच्यूट प्रा. लि बिच सम्झौता पत्रमा हस्ताक्षर

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लि .” बिच बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा आज मिति २०८०।०२।०७ का दिन हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लि को तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लि ले बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका द्यभम अजबचनभ, म्ष्बनयलष्कतष्अ एचयअभमगचभ,एजबचmबअथ बलम ज्भबतिज उबअपबनभ सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्नेछ । स्वास्थ्य चेक जाँचमा बैंकका ग्राहक महानुभावहरुलाई १५ प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।

प्रेस विज्ञप्ती मिति २०७९/१२/२६ सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षद्वारा शपथ ग्रहण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकोे १८ औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित हुनुभएका अध्यक्ष श्री उज्ज्वल सत्यालज्यूले आज नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर श्रीमती नीलम ढुङ्गना तिम्सिनाज्यू समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको ब्यहोरा जानकारी गराईन्छ । सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालज्यूद्वारा अन्य संचालकज्यूहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात यस नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने ब्यहोरा जानकारी गराइन्छ । नवनियुक्त अध्यक्ष तथा सञ्चालकज्यूहरुलाई आफ्नो कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सहयोगको लागि धन्यवाद ।

प्रेस विज्ञप्ती मिति २०७९।०४।१६ सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आफ्ना ग्राहकहरुलाई Rushka’s Makeup Studio मा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित Rushka’s Beauty Parlour and Makeup Studio मा बिशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत श्री अपूर्व प्रसाद जोशी र Beauty Parlour का तर्फबाट उक्त कम्पनीका संचालिका श्रीमती रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गर्नुु भएको छ ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले Rushka’s Makeup Studio को Beauty Course मा 15% , Beauty  Parlour Service मा 20% , Beauty Related Product मा 10% छुट प्राप्त गर्न सक्नु हुनेछ ।

यस बैंकलाई् आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

भवदीय,

…………………
अर्पणा बज्राचार्य
प्रमुखः बजार व्यवस्थापन

सांग्रिला डेभलपमेन्ट बैंकले एटिएम मार्फत कार्डरहित नगद निकाल्ने सुविधा सुरु गरेको छ ।

हालका वर्षहरूमा, बजार अभिविन्यास ग्राहक अभिविन्यासमा परिवर्तन भएको छ। बैंकिङ र वित्तीय कम्पनीहरूको विभिन्न च्यानलहरूको एकै साथ प्रयोगको महत्त्व बुझेपछि, हामी डिजिटल बैंकिङमा ध्यान केन्द्रित गर्छौं, विशेष गरी जब यो ग्राहकसँग सम्बन्ध कायम गर्ने कुरा आउँछ। प्रविधिको प्रयोग गरी ग्राहकलाई झन्झटमुक्त र सुविधाजनक बैंकिङ सेवा उपलब्ध गराउन सांग्रिला विकास बैंकले एटीएम मार्फत कार्डरहित नगद निकाल्ने सुविधा सुरु गरेको छ | यो सुविधाले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भौतिक भिसा डेबिट कार्ड प्रयोग नगरी शाङ्ग्रिला एटीएम मेसिनबाट नगद निकाल्न अनुमति दिन्छ। ग्राहकले डेबिट कार्ड जस्तै मोबाइल बैंकिङ प्रणाली वा नगद निकाल्ने सेवाको मजा लिन सक्छन्। यस सुविधाको लागि ग्राहकले मोबाइल बैंकिङमा दर्ता गर्नुपर्छ र कोष स्थानान्तरण सुविधा उपलब्ध हुनुपर्छ

सांग्रिला डेभलपमेन्ट बैंकको १०६ औं शाखा राजापुर शाखा

प्रेस विज्ञप्ति
०६ माघ २०७८
सांग्रिला डेभलपमेन्ट बैंकको १०६ औं शाखा राजापुर शाखा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै राजापुर बजार, राजापुर नगरपालिका वडा नं.४ बर्दियामा शाखा संचालनमा ल्याएको छ ।
बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो ।
राजापुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०६ पुगेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।

सहयोगको लागि धन्यवाद ।

……………………..
अपूर्व प्रसाद जोशी
नायव महाप्रवन्धक
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

सांग्रिला १८औं वर्षमा प्रवेश

प्रेस विज्ञप्ती
मितिः २०७८।०७।१२
सांग्रिला १८औं वर्षमा प्रवेश
यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज मिति २०७८।०७।१३ गते आफ्नो १७औं वार्षिकोत्सव मनाई साताव्यापी कार्यक्रमको समापन गरेको छ । बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक १३ गतेका दिन विभिन्न कार्यक्रम गरी मनाएको हो । बैंकको उक्त वार्षिकोत्स कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकज्यूहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बैंकको तर्फबाट बैंकका अध्यक्ष श्री अच्युत प्रसाद प्रसाईले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो । बैंकका प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशीले सभाको समापन मन्तब्य व्यक्त गर्नुभई आजको कार्यक्रम समापनको घोषण गरिएको थियो ।
बैंकले आज कै दिन १००औं शाखाको रुपमा सुर्खेत स्थित यारीचोकमा शाखा कार्यालयमा सञ्चालनमा ल्याएको छ ।
त्यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा आजका दिन गैर सरकारी संस्था श्री इ–नेवल नेपाललाई कृत्रिम अंग वितरणका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले रकम रु २ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।
सांग्रिला डेभलमपेन्ट बैंक लिमिटेडको प्रांगणमा सम्पन्न १७ औं वार्षिकोत्सवको अवसरमा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र तथा तक्मा प्रदान गरिएको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक उत्सवको अवसर पारेर आज कै दिन देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आन्तरिक विप्रेशण सेवा समेत सञ्चालनमा ल्याएको छ ।
साग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहक वर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अवका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।
सहयोगको लागि धन्यवाद ।
……………………..
अपूर्व प्रसाद जोशी
प्रमुख सञ्चालन अधिकृत