सांग्रिला १८औं वर्षमा प्रवेश

प्रेस विज्ञप्ती
मितिः २०७८।०७।१२
सांग्रिला १८औं वर्षमा प्रवेश
यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज मिति २०७८।०७।१३ गते आफ्नो १७औं वार्षिकोत्सव मनाई साताव्यापी कार्यक्रमको समापन गरेको छ । बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक १३ गतेका दिन विभिन्न कार्यक्रम गरी मनाएको हो । बैंकको उक्त वार्षिकोत्स कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकज्यूहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बैंकको तर्फबाट बैंकका अध्यक्ष श्री अच्युत प्रसाद प्रसाईले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो । बैंकका प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशीले सभाको समापन मन्तब्य व्यक्त गर्नुभई आजको कार्यक्रम समापनको घोषण गरिएको थियो ।
बैंकले आज कै दिन १००औं शाखाको रुपमा सुर्खेत स्थित यारीचोकमा शाखा कार्यालयमा सञ्चालनमा ल्याएको छ ।
त्यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा आजका दिन गैर सरकारी संस्था श्री इ–नेवल नेपाललाई कृत्रिम अंग वितरणका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले रकम रु २ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।
सांग्रिला डेभलमपेन्ट बैंक लिमिटेडको प्रांगणमा सम्पन्न १७ औं वार्षिकोत्सवको अवसरमा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र तथा तक्मा प्रदान गरिएको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक उत्सवको अवसर पारेर आज कै दिन देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आन्तरिक विप्रेशण सेवा समेत सञ्चालनमा ल्याएको छ ।
साग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहक वर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अवका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।
सहयोगको लागि धन्यवाद ।
……………………..
अपूर्व प्रसाद जोशी
प्रमुख सञ्चालन अधिकृत

Latest News