सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटल बिच सम्झौता

प्रेस विज्ञप्ती

२०७७ पौष २४

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटल बिच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको र आज मिती २०७७ पौष २४ गतेका दिन गोकर्णेश्वर नगरपालिका, नारायणटार स्थित नेपाल अर्थोपेडिक हस्पिटल बीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत नेपाल अर्थोपेडिक हस्पिटल आवद्ध चिकित्सक, तथा स्थायी कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकबाट रु.१५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ साथै सांग्रिला डेभलपमेन्ट बैंकका सेवाग्राहीहरु, खातावालाहरु, संस्थापक शेयरधनीहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनहरुलाई सो हस्पिटलमा उपचार गराउँदा बिशेष छुटको ब्यवस्था रहेको छ । हस्पिटल र बैक बिच आयोजित कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख जोखिम अधिकृत श्री निर्मल कुमार श्रेष्ठ र नेपाल अर्थोपेडिक हस्पिटलका मेडिकल डाइरेक्टर डा.युवराज खरेलले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपभोग गर्न सकिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सहयोगको लागि धन्यवाद ।

सुयोग श्रेष्ठ
प्रमुुख कार्यकारी अधिकृत

Latest News