सांग्रिला डेभलपमेन्ट बैंकको QR code scan मार्फत नगद झिक्न सकिने

प्रेस विज्ञप्ती

सांग्रिला डेभलपमेन्ट बैंकको त्तच् अयमभ कअबल मार्फत नगद झिक्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै बालुवाटार शाखाबाट शुरु गरिएको QR code मार्फत आफुले चाहेको रकम QR Code scan गरी भुक्तानी लिने सुविधा हाल बैंकको नेपालभर रहेका सम्पूर्र्ण ९१ शाखा कार्यालयहरुबाट उपलब्ध गराईएको छ । यस अन्तर्गत ग्राहक महानुभावहरुले अधिकतम रु.१,००,०००÷– (अक्षेरुपी रु.एक लाख ) सम्मको रकम आफनो आवश्यकता अनुुुसार QR Code scan गरी भुक्तानी लिन सक्नुहुनेछ । चेक ATM को विकल्पको रुपमा आएको यो सुविधा प्रयोग गरी कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सहयोगको लागि धन्यवाद ।

सुयोग श्रेष्ठ
प्रमुुख कार्यकारी अधिकृत

Latest News