सांग्रिला डेभलपमेन्ट बैंकको ९९ औं शाखा भुरिगाउँमा

प्रेस विज्ञप्ति
११ कात्तिक २०७८
सांग्रिला डेभलपमेन्ट बैंकको ९९ औं शाखा भुरिगाउँमा

सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक ११ गतेका दिन भुरिगाउँ शाखा सञ्चालनमा ल्याएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै ठाकुरबाबा नगरपालिका वडा नं. ०१ भुरीगाउँ, बर्दियामा भुरिगाउँ शाखा संचालनमा ल्याएको छ ।
बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो ।
भुरिगाउँ शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९९ पुगेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ ।
बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।

सहयोगको लागि धन्यवाद ।

……………………..
रजित मास्के
नायव महाप्रवन्धक
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

Latest News