प्रेस विज्ञप्ती मिति २०८१/०२/०६ Shangrila Development Bank Ltd Apollo Hospital बिच सम्झौता पत्रमा हस्ताक्षर

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटल बिच सम्झौता पत्रमा आजको मिति २०८१/०२/०६ का दिन हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट Apollo Information Center को प्रमुख कार्यकारी अधिकृत तथा Dugar Group को उपाध्यक्ष श्री अभिषेक दुगरले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका गा्रहक महानुभाव तथा कर्मचारीहरुलाई १० प्रतिशत सम्म छुट प्रदान गर्नेछ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको व्यवहोरा समेत जानकारी गराइन्छ ।

सहयोगको लागि धन्यवाद ।

प्रेस विज्ञप्तीमिति २०८१/०१/३० सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महेन्द राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण

बालुवाटार ४, काठमाडौं स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा बालुवाटार ४, काठमाडौं स्थित महेन्द राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई मिति २०८१/०१/२८ गतेका दिन स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुलाई २०० थान स्कूल व्याग , २०० वटा कापी तथा २०० वटा कलम वितरण गरेको हो ।

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र महेन्द राष्ट्रिय माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक देवराज गुरुङ को उपस्थिति रहेको थियो । सो व्याग वितरण कार्यक्रमले त्यस विद्यार्थीहरुमा निकै हर्ष र सकारात्मक उर्जा थपिएको अनुभुति पाइएको थियो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रेस विज्ञप्ती मितिः २०८१/०१/२० सांग्रिला डेभलपमेन्ट बैंकद्वारा अन्तरशाखा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफनो शाखाका कर्मचारीहरुको वृत्ति विकासको उद्देश्य राखेर बृहत रुपमा हाजिर जवाफ प्रतियोगिता ९क्जबलनचष्(बि त्तगष्श० आयोजना गरि मिति २०८१/०१/१९ गते बुधवार अन्तिम चरणमा ऋयगलतचथ च्यगलम क्विज प्रतियोगिता सम्पन्न गरेको छ । माघ २६, २०८० मा शाखास्तरमा शुरु भएको सो प्रतियोगिता मिति २०८० फागुन २८ मा क्लष्टर स्तरमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भई सो प्रतियोगिताबाट छनौट भएकाहरु अन्तिम चरणमा आम्रपाली ब्याङ्क्वेट, काठमाण्डौमा अन्तिम चरणको हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
हाजिर जवाफ प्रतियोगितालाई संचालन (Operation) तथा कर्जा (Credit) गरि दुई समूहमा वर्गीकरण गरिएको थियो । शाखा स्तरको प्रथम चरणमा ४६४ कर्मचारी सहभागि भएकामा सोबाट विजयी १८७ कर्मचारीले क्लष्टर स्तरको दोस्रो चरणमा भाग लिएका थिए । तत्पश्चात्, दोस्रो चरणमा विजयी तथा उपविजयी भएका संचालन तथा कर्जा समूहका २०–२० जना गरि जम्मा ४० जना प्रतियोगीहरुको अन्तिम चरणको कन्ट्रि राउन्डमा सहभागीता रहेको थियो ।
सो कार्यक्रममा यस बैंकका कार्यकारी एवं उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय तथा इकाइ प्रमुखहरु, क्लष्टर÷सब–क्लष्टर प्रमुख, शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरुसमेत गरि भौतिक रुपमा तथा अनलाइन रही करीब ३५० भन्दा वढी कर्मचारीहरुले उत्साहजनक रुपमा सहभागी भई प्रतियोगीहरुको हौसला बढाएका थिए ।
उक्त अन्तिम चरणको हाजिर जवाफ प्रतियोगितामा संचालन समूहको तर्फबाट सुर्खेत सव क्लष्टरका महेश रावल तथा हेमन्त वि.सी. विजयी भएका थिए भने धनगढी क्लष्टरका निरज कुँवर तथा गणेश सिंह ठगुन्ना उप विजयी भएका थिए । त्यस्तै, कर्जा समूहका तर्फबाट काठमाडौं क्लष्टरका श्री चेतन भट्टराई तथा संजु कुमारी श्रेष्ठ विजयी भएका थिए भने विरगंज सव क्लष्टरका लव देव पाठक तथा अरुण ब्लोन उप विजयी भएका थिए ।
कार्यक्रममा दुई समूहका चार जना विजयी कर्मचारी प्रत्येकलाई नगद रु ६०,०००/- (साठी हजार) एवं दुई समूहका उपविजेता चार जना कर्मचारी प्रत्येकलाई नगद ४०,०००/- (चालीस हजार) पुरस्कार सहित प्रमाणत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ बैंकको यस बैंकको इतिहासमै पहिलो तथा विकास बैंकहरुमै नौलो किसिमको यस्तो प्रतियोगिताले कर्मचारीहरुमा सिक्ने/पढ्ने बानी बसाली वृत्ती विकासमा बलियो टेवा पुग्ने हूनाले आगामी दिनहरुमा समेत बैंकले यस्ता कार्यक्रमहरु थप गर्दै जाने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रेस विज्ञप्ती“सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र बंजी नेपाल एडभेन्चर प्रा. लि बिच सम्झौता पत्रमा हस्ताक्षर”

बालुवाटार–४, काठमाडौं स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७, पोखरामा स्थित बंजी नेपाल एडभेन्चर प्रा. लि बिच बैंकका ग्राहक महानुभावहरुलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख श्री रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चर प्रा. लि. को तर्फबाट अध्यक्ष श्री सन्तोष भट्टराईले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक महानुभावले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी बंजी नेपाल एडभेन्चर प्रा. लि मा गई एकल बंजी गर्दा रु १००० र जोडी बंजी गर्दा रु १५०० सम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

सहयोगको लागि धन्यवाद ।

भवदीय,

…………………
अपूर्व प्रसाद जोशी
प्रमुुख संचालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

प्रेस विज्ञप्ती मिति २०८०/१२/०९ Global Money Week- 2024 मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरु मार्फत देशव्यापी सहभागिता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा Global Money Week- 2024 को अवसरमा “आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेको छ ।

बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए । मिति २०२४/०३/१८ देखि शुरु भएको यस साता व्यापी कार्यक्रम मिति २०२४/०३/२४ सम्म वित्तीय साक्षरता सम्वन्धि कार्यक्रम मार्फत वित्तीय चेतना फैलाउने कार्यक्रम निरन्तर रुपमा संचालनमा रहनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सहयोगको लागि धन्यवाद ।

प्रेस विज्ञप्ती मितिः २०८०।११।१८ “सांग्रिला डेभलपमेन्ट बैंक लि. र गौतम होटेल बिच सम्झौता”

साङ्ग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा ग्राहकलाई बर्दिबासमा रहेको एक होटलले आफ्नो सेवामा १५% छुट दिने भएको छ ।
देशभरिका जुनसुकै शाखाका कर्मचारी तथा ग्राहकले आजबाट लागु हुने गरी महोत्तरीको बर्दिबासमा रहेको गौतम होटल र धनुषाको लालगढमा रहेको होटल दुबै शाखाले आफ्नो सेवा लिए बापत १५% छुट प्रदान गर्ने भएको हो ।
बैंकको कर्मचारी तथा होटल संचालकबीच आज एक औपचारिक कार्यक्रम आयोजना गरि बैंकको तर्फ बाट प्रमुख कर्जा अधिकृत रजित मास्के, केन्द्रीय कर्जा विभाग प्रमुख विश्वरन्जन पाण्डे, बर्दिबास शाखा प्रबन्धक बिनेश कार्कीको उपस्थितिमा क्षेत्रीय प्रमुख रुपक मैनाली र होटल संचालक हिरा गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

प्रेस विज्ञप्ती मितिः २०८०।०९।२३ “सांग्रिला डेभलपमेन्ट बैंक लि. र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बिच स्वास्थ्य सम्झौता”

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बिच बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख श्री रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री डा. रविन्द« प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी, तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीका बाट प्रदान गर्नेछ । स्वास्थ चेक जाँचमा कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई १५ प्रतिशत र बैंकका ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

सहयोगको लागि धन्यवाद ।

भवदीय,

……………………..
अपूर्व प्रसाद जोशी
प्रमुख सञ्चालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

प्रेस विज्ञप्ती मिति : २०८०/०८/२४ सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

आज मिति २०८०/०८/२४ गते विहान ११ बजे लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाण्डौमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुत्तफ पूँजी ३,२६,७५,९१,७१६.७१/– को ५ प्रतिशत बोनस शेयर तथा कर भुत्तफनी प्रयोजनका लागि चुत्तफ पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम रु. ८५,९८,९२५.५७ (अक्षेरुपी पचासी लाख अन्ठानब्बे हजार नौ सय पच्चीस र पैसा सन्ताउन्न मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आ.व. ०७९/८० को वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सहयोगको लागि धन्यवाद ।

अपूर्व प्रसाद जोशी
प्रमुख संचालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

प्रेस विज्ञप्ती मिति : २०८०\०७\१३ सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

आज मिति २०८०\०७\१३ गते का दिन सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले विहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । यस सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द«, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो । मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्दिय कार्यालय बालुवाटार काठमाडौंकै प्रांगणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आखा अस्पताललाई रकम रु २,००,०००।– (अक्षरुपी दुई लाख मात्र) को आर्थिक सहयोग उपलब्ध गराइएको थियो । यस वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष श्री उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकज्यूहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिनु भयो । साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्दि«य कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गर्नुभएको थियो ।

बैंकको संचालक समितिका अध्यक्ष श्री उज्ज्वल सत्यालज्यूको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा बैंकमा ५ वर्ष भन्दा बढी अवधी काम गरेका कर्मचारीहरुलाई Excellence Award वितरण तथा Cake Cutting कार्यक्रम समेत गरिएको थियो । यस लगतै कार्यक्रमको अन्त्यमा बैंकका प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशीज्यूले बैंकको १९औं वार्षिकोत्सवले थप उर्जा प्रदान गरेको र आगामी दिनहरुमा पनि बैंकका सब परिवारले मिलेर थप मिहिनेतका साथ बैंकलाई उचाईमा पुयाउने विश्वास व्यक्त गर्दै सम्वन्धित सबैलाई धन्यवाद दिई कार्यक्रम समापन गरिएको थियो ।

सहयोगको लागि धन्यवाद ।

                                 

अपूर्व प्रसाद जोशी
प्रमुुख संचालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

प्रेस विज्ञप्ती मितिः २०८०।०५।२६ “सांग्रिला डेभलपमेन्ट बैंक लि. र हिमाल डेन्टल हस्पिटल बिच सम्झौता पत्रमा हस्ताक्षर ”

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बिच बैंकका ग्राहक महानुभाव तथा बंैकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा मिति २०८०।०५।२५ का दिन हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटल को तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक महानुभाव, तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बंैकका कर्मचारी तथा ग्राहक महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बंैकले लिएको छ ।

सहयोगको लागि धन्यवाद ।

……………………..
अपूर्व प्रसाद जोशी
प्रमुख सञ्चालन अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड