साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा टँकी सिनुुवारीमा ।

साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा टँकी सिनुुवारीमा ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७५/०४/१८ गते मोर¨ जिल्लाको टँकी सिनुुवारीमा आफनो थप शाखाको विधीवत रुपमा उद्घाटन गरि कारोवार शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर श्री चिन्तामणी शिवाकोटीज्यूू तथा बैंकका अध्यक्ष प्रा.डा.श्री रबीन्द्र प्रसाद श्रेष्ठज्यूूले संयुुक्त रुपमा गर्नु भयो । उक्त अवसरमा प्रमुुख अतिथी डेपुुटी गर्भनर श्री शिवाकोटीज्यूूले बैंकमा पैसा राख्दा रु. ३ लाख सम्मको बीमा गरिदिने र सुुरक्षा समेत हुुने भएकोले बैंक मार्फत कारोवार गर्न स्थानीय बासीन्दालाई आग्रह गर्नुु भयो ।

उक्त कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष प्रा.डा.श्री रबीन्द्र प्रसाद श्रेष्ठज्यूूले गर्नुु भएको थियो भने स्वागत मन्तब्य बैंकका संस्थापक प्रमुुख कार्यकारी अधिकृत श्री राजेन्द्र प्रसाद पौडेलज्यूूले गर्नुु भएको थियो सोही क्रममा बैंकका अध्यक्ष प्रा.डा.श्री रबीन्द्र प्रसाद श्रेष्ठज्यूूले प्रमुुख अतिथि तथा अथितीज्यूलाई बैंकको तर्फबाट स–धन्यवाद ब्यक्त गर्नुुको साथै मायाको चिनो समेत प्रदान गर्नुु भयो यसरी अब यस विकास बैंकको कुल शाखा संख्या ५४ पुगेको छ भने अन्य ३३ वटा शाखाहरु संचालनमा आउने प्रक्रियामा रहेको तथा यसरी नै शाखा विस्तार गर्दै देशभर शाखा संजाल स्थापन गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको यसै प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउदं छौ ।

 

सहयोगको लागि धन्यवाद

………………………
(दिनेश थकाली)
का.मुु.प्रमुख कार्यकारी अधिकृत
मितिः२०७५/०४/१८

Latest News