सुुर्खेतको बोटेचौरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.को शाखा ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो नयां शाखा मिति २०७५/०९/२० गते सुुर्खेत जिल्लाको गुुर्भाकोट न.पा. स्थित बोटेचौरमा औपचारीक रुपमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक श्री अच्युुत प्रसाद प्रसाई तथा गुुर्भाकोट न.पा.का मेयर श्री हस्त बहादुुर पुुनले संयुुक्त रुपमा गर्नु भयो । यसरी सो अवसरमा प्रमुुख अतिथी मेयर श्री पुुनले उक्त क्षेत्र कृषिको लागि निकै सम्भावना भएको उल्लेख गर्दै बैंकले कृषिमा लगानी गरि सो क्षेत्रको विकासमा सहयोग पुुर्याउनुु पर्ने विचार ब्यक्त गर्नुु भयो ।

उक्त अवसरमा बैंकका संचालक श्री प्रसाईले प्रमुुख अतिथि, अथिती लगायत सम्पूूर्ण उपस्थित महानुुभावहरुलाई बैंकको तर्फबाट स–धन्यवाद ब्यक्त गर्नुु भयो, भने सो कार्यक्रममा गुुर्भाकोट न.पा.का उपमेयर श्री मैना बि..क., वडा अध्यक्ष श्री शसिराम भट्टराई तथा बोटेचौर बजार ब्यवस्थापन समितिका अध्यक्ष श्री भक्त बहादुुर खत्रीले मन्तब्य ब्यक्त गर्नुु भएको थियो ।

“स्थानीय विकासको आधार” भन्ने आफ्नो मुुलमन्त्रलाई आत्मसाथ गर्दै सुुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट ग्रामिण क्षेत्रका जनताहरु बिच आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै देशभर शाखा संजाल विस्तार गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधाको पहुुंच पुुर्याउने बैंकको लक्ष्य रहेको छ भने हालसम्म सातवटै प्रदेशमा गरि बैंकको शाखा संख्या ७७, तथा २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको यसै प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउदंछौ ।
सहयोगको लागि धन्यवाद ।

 

………………………
(सुुयोग श्रेष्ठ)
प्रमुख कार्यकारी अधिकृत
मितिः२०७५/०९/२०

Latest News