सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश न ३, धादिङ्ग धार्के गाउँपालिका, वडा नं. ५ मा सन्चालित प्रेमसागर फाउण्डेशन नेपाललाई वित्तीय सहयोग प्रदान गरेको छ । उक्त आर्थिक सहयोगले फाउण्डेशनद्घारा धार्के गाउँपालिकामा सन्चालित जन भोजन क्रार्यक्रम अन्त्र्तगत दैनिक बालबालिका तथा अशक्त वृद्धवृद्धागरी करिब ५०० जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको र साथै करिब १५०० जना स्कुले बालबालिकाहरुलाई विद्यालयमै खाजा पु¥याउँदै आईरहेको सामाजिक कार्यमा सहयोग पुग्ने विश्वास बैंक लिएको छ । उक्त संस्थालाई रु.५०,०००।– को चेक बैंकको तर्फबाट महाप्रबन्धक श्री अपुर्व प्रसाद जोशीज्यूद्वारा प्रेमसागर फाउण्डेशनका कोषाध्यक्ष श्री दुर्गा दत्त घिमिरेज्यूलाई हस्तान्तरण गर्नुु भयो । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउँदछौं ।

सहयोगको लागि धन्यवाद ।

……………………..
सुयोग श्रेष्ठ
प्रमुुख कार्यकारी अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

Latest News