साँग्रिला डेभलपमेन्ट बैंकद्वारा वृक्षारोपण सम्पन्न !

साँग्रिला डेभलपमेन्ट बैंकद्वारा वृक्षारोपण सम्पन्न !

काठमाण्डौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्नै क्रममा का.म.न.पा. वडा नं. ४ र पि.डी.एस.एस. संस्था सँगको सहकार्यमा मिति २०७५/०३/२०मा ”सडक पेटी हरियाली कार्यक्रम” अन्तर्गत बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौको क्षेत्र वरपरको सहक पेटीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि माननीय उप–प्रधानमन्त्री तथा रक्षामन्त्री श्री ईश्वर पोखरेलज्युले वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सराहना गर्दै सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिन अझ बढि हौसला प्रदान गर्नुभयो । सो अवसरमा माननीय उप–प्रधानमन्त्री लगायत प्रदेश नं. ३ का सभा सदस्यहरु श्री दिपक निरौला र नारायण बहादुर सिल्वाल, यस विकास बैंकका संचालक श्री उज्ज्वल सत्याल एवं प्रमुख कार्यकारी अधिकृत श्री राजेन्द्र प्रसाद पौडेल लगायत विकास बैंकका कर्मचारीहरु, का.म.न.पा. वडा नं. २, ४ र ९ का वडा अध्यक्षज्युहरु र पि.डी.एस.एस. संस्थाका अध्यक्ष श्री कृष्ण प्रसाद पौडेल लगायत अन्य सदस्यहरुबाट वलुवाटार क्षेत्रको सडक पेटीमा करीब १०० वटा रुख वृक्षारोपण गरियो ।

……………………
(राजेन्द्र प्रसाद पौडेल)
प्रमुख कार्यकारी अधिकृत

मितिः२०७५/०३/२०

Latest News