सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १५ औ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १५ औ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

बालुुवाटार, काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पुुरा गरी १६औंै बर्षमा प्रवेश गरेको अवसरमा मिति २०७६/७/१६ गते शनिबारका दिन प्रभातफेरी कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रिय कार्यालय बालुवाटार आई सम्पन्न भएको थियो । ‘‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ्ग पहुँच’’ भन्ने मूल नारालाई मनन् गरी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।
बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौंमा मिति २०७६/७/१६ गते शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
वार्षिक उत्सवकै अवसरमा आज मिति २०७६।०७।१७ गते विहान ८ बजे नेपालगञ्ज क्षेत्रीय कार्यालय तथा गल्छी शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिनुका साथै बैंकको सातवटै प्रदेश कार्यालयबाट सरसफाई लगायतका विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ । धन्यवाद

……………………
(सुुयोग श्रेष्ठ)
प्रमुख कार्यकारी अधिकृत

मितिः२०७६/०७/१७

Latest News