सांग्रिला डेभलपमेन्ट बैंक बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंक बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश  नं. ३ ,वडा  नं. ४ बालुवाटार, काठमाडौ स्थित सामुदायिक प्रहरी सेवा क्रेन्द्र नक्साल र टुँडालदेवीलाई जनचेतनामूलक स्टिकर तथा पाम्प्लेटहरु छपाई गरी सहयोग प्रदान गरेको छ । टुँडालदेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट कर्पोरेट कम्युनिकेशन प्रमुख श्री रवि के.सी.द्वारा महानगरिय प्रहरी परिसरका वरिष्ठ प्रहरी अधिकृत श्री उत्तम राज सुवेदीज्यूलाई हस्तान्त्तरण गर्नुु भयो । उक्त सहयोगले “हर प्रहर, गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी“ भन्ने नारा र शान्तिपूर्ण सुरक्षित समाजको लागि समुदाय – प्रहरी साझेदारीको सबै नागरिक वर्गमा सूचना पुग्ने विश्वास बैंकले लिएको छ । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउँदछौं ।

सहयोगको लागि धन्यवाद ।

……………………..
सुयोग श्रेष्ठ
प्रमुुख कार्यकारी अधिकृत
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

Latest News