सांग्रिला डेभलपमेन्ट बैंकद्धारा जारी कागजात बिद्युुतीय प्रणालीबाट रुजुु गर्न सकिने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सदैब छिटो छरितो तथा विश्वासनीयताका साथ आधुुनिक बैकि¨ सेवा तथा सुुविधा प्रदान गर्दै आईरहेकोमा हाल यस विकास बैंकबाट जारी गरिएका बैक ब्यालेन्स सर्टिफिकेट जस्ता कागजातहरुको सम्बन्धीत संस्था तथा ब्यक्तीहरुले सिधै बिद्युुतीय प्रणलीको माध्यामबाट विकास बैंकको वेवसाइड www.shangrilabank.com  मा login गरि online validation बाट यस बैंकबाट जारी गरेका कागजातहरुमा रहेको validation Code नम्बरको प्रयोग गरि उक्त कागजातहरुको बैद्यताको बारेमा रुजुु गर्न सकिने गरि सिष्टममा ब्यवस्था शुुरु गरेको छ ।

यसरी यस प्रकारको विद्युुतीय प्रणालीको प्रयोगबाट सम्बन्धीत ब्यक्ति तथा संस्थाहरुले आफनो कागजातको बैद्यता सम्बन्धीे जानकारी बिना झन्झट सिधै प्राप्त गर्नुुको साथै विश्वासनीय एवं भरपर्दौ समेत हुुने भएकोले यस प्रणालीको सदुुपयोग गरि जानकारी लिनुु हुुन ग्राहक महानुुभावहरुमा सहर्ष जानकारी गराउंद छौं ।

हाल २ अर्व ४४ करोड चुुक्ता पूूंजी रहेको यस विकास बैंकले चालु आ.ब.२०७४/७५ को चैत्र मसान्तसम्म रु. १४ अर्ब ७६ करोड निक्षेप संकलन, १४ अर्ब कर्जा प्रवाह गरि रु. ३९ करोड ३९ लाख संचालन मुनाफा आर्जन गरेको छ भने निष्कृय कर्जा अनुपात ०.७० प्रतिशत छ । कुल ३६ वटा शाखा कार्यालय रहेको यस विकास बैंकले चालुु आ.ब.मा सातवटै प्रदेशमा गरि थप २२ वटा शाखाहरु संचालन गर्न नेपाल राष्ट्रबाट स्वीकृति प्राप्त गरेकोमा हालसम्म ४ वटा शाखाहरु संचालनमा आईसकेको तथा अन्य शाखाहरु समेत निकट भविष्यमै संचलनमा ल्याउने कार्य अन्तिम चरणमा रहेकोछ ।

सहयोगको लागि धन्यवाद ।

……………………
(दिनेश थकाली)
नायब प्रमुुख कार्यकारी अधिकृत
मितिः२०७५/०१ /१९

Latest News