नवनियुक्त कर्मचारीहरुको १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम सम्पन्न

नवनियुक्त कर्मचारीहरुको १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम सम्पन्न

सांग्रीला डेभलपमेन्ट बैंक लि.ले यहि आश्विन ७ गते देखि १६ गते सम्म नबनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम सम्पन्न गरेको छ । नवनियुक्त कर्मचारीहरुलाई बैंक सम्बन्धीत कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने तथा सामाजीकरण गराउने उद्देश्यले तालीम दिइएकोे थियो। तालिममा नवनियुक्त ७६ जना कर्मचारी सहभागी भएका थिए ।

१० दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले नबनियुक्त कर्मचारीहरुलाई हौसला प्रदान गर्दै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा बैंकको दिगो विकासमा योगदान हुने बताएका थिए । यसैगरि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस्ता तालिमका कार्यक्रमहरुले कर्मचारीको सीप बिकास तथा आत्मविश्वासमा बृद्घि गर्ने भएकोले यस्ता किसिमका तालिमका कार्यक्रमहरु निकट भविष्यमा पनि आयोजना गरिने जानकारी दिएका थिए ।

१० दिन सम्म चलेको उक्त कार्यक्रम काठमाण्डौको बबरमहल स्थित साप फल्चा हलमा भएको थियो । कार्यक्रममा सहभागी कर्मचारीहरुले उक्त तालिमबाट काम गर्ने हौसला मिलेको साथै सबैसंग चिनजान गर्ने मौका मिलेको हुनाले तालिम निकै लाभदायक भएको उल्लेख गरेका थिए । कर्मचारीहरुलाई तालिमको समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले प्रमाण पत्र प्रदान गरेका थिए । सांग्रीला डेभलपमेन्ट बैंकले खोल्न लागेका नयाँ शाखाहरु संचालनमा आए पश्चात बैंकको शाखा संजाल देशभर गरि ८७ ओटा पुग्नेछन् ।

सुयोग श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत

Latest News