सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स आदि सुविधाहरु दिंदै आएको कुरा यहाँहरुलाई विदितै छ । त्यसमा हाल आएर इन्टरनेट बैंकिङ्गमा थप सुविधा सहित अन्तरबैंक रकम ट्रान्सफर (IBFT), शेडयुल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरुको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, IPS Connect, रिचार्ड कार्ड, मर्चेन्ट पेमेन्ट जस्ता विभिन्न अन्य सुविधाहरु सहित द्यबलप भ्ह को शुरुवाट गरेको छ । नयाँ सुविधा भएको इन्टरनेट बैंकिङ्ग (Bank Ex) बाट ग्राहकवर्गहरुले इन्टरनेटको माध्यमबाट माथि उल्लेख गरिएका विभिन्न सुविधाहरु उपयोग गर्न सक्ने छन् । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।

सहयोगको लागि धन्यवाद ।

……………………..
(सुयोग श्रेष्ठ)
प्रमुुख कार्यकारी अधिकृत
मितिः२०७६/०२ /२३

Latest News