एपोलो हस्पीटल ईन्डीया र सांग्रिला डेभलपमेन्ट बैंक बिच द्धिपक्षिय समझदारी सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक नेपाल र एपोलो हस्पीटल ईन्डीया बिच मिति २०७४ फाल्गुन १५ गते अन्नपूर्ण होटेल काठमाडौैमा भएको एक कार्यक्रम बिच एपोलो हस्पीटलमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहाक, शेयरधनी कर्मचारी र तिनका परिवारले सेबा लिदाँ उक्त सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गरिने द्धिपक्षिय सहमति भएको छ । यसरी भएको सम्झौता अनुरुप विकास बैंकका ३ लाख भन्दा बढी ग्राहकहरु, १५ हजार भन्दा बढी शेयरधनीहरु, ४ सय भन्दा बढी कर्मचारीहरु र तिनका परिवारहरुले सर्व सुलभ तरीकाबाट गुणस्तरीय सेवा लिन सक्नेछन । उक्त सेवा लिनको लागि ग्राहकहरुले विकास बैंकले प्रदान गर्ने भिसा डेबिट कार्ड लिएको हुनु पर्ने छ ।

एपोलो हस्पीटलको काठमाडौं स्थित सुचना केन्द्रबाट सेवाग्राहीले हस्पीटलसँग सिधैं समन्वय गर्न सक्ने र उपचारको लागि जानु पर्दाको अवस्थामा ग्राहकले अग्रिम सयम लिएको खण्डमा ग्राहकलाई बिमानस्थलबाट हस्पीटल वा होटल सम्मको यातायातको सुविधा हस्पीटललेनै प्रदान साथै होटलको पनि सुविधा प्रदान गर्ने सहमति भएको छ ।

अन्नपूर्ण होटेलमा भएको कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजेन्द्र प्रसाद पौडेल र एपोलो हस्पीटलका तर्फबाट प्रबन्धक निर्देशक श्री अशोक बाजपाईले हस्ताक्षर गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रबन्धक निर्देशक श्री बाजपाईले एपोलो हस्पीटल दक्षिण एसीयाकै एक उत्कृष्ट स्वास्थ्य सेबा प्रदान गर्ने हस्पीटल भएको र नेपालका थुप्रै उच्चपदस्थ व्याक्तीहरुले विश्वास गरेको हस्पीटल रहेको र साथै धेरै नेपालीहरुको पहिलो प्रथामीकतामा पर्ने विदेशी हस्पीटल रहेको जानकारी गराउनु भयो ।

त्यतै उक्त कार्यक्रमा बोल्दै विकास बैंकका अध्क्षय प्रा.डा. रविन्द्र प्रसाद श्रेष्ठले उक्त सम्झौता विकास बैंकको सक्रियतामा भएको र यसले विकास बैंकका ग्राहकलाई मात्र नभई सम्पूर्ण नेपालीहरुलाई भारतमा स्वास्थ्य सेवा लिनको लागि सहज हुने जानकारी गराउनु भयो ।

………………
राजेन्द्र प्रसाद पौडल
प्रमुख कार्यकारी अधिकृत

Latest News