साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको शाखा कैलालीको लम्कीमा ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७५/०९/२४ गते कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा नं. १ स्थित लम्की शाखाको विधीवत रुपमा उद्घाटन गरिएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक श्री अच्युुत प्रसाद प्रसाई तथा लम्की चुहा नगरपालिकाका अध्यक्ष श्री महादेव बजगाईले संयुुक्त रुपमा गर्नु भयो ।
उक्त कार्यक्रममा सोही नगरपालिकाका वडा अध्यक्ष श्री महादेव बजगाई, उपमेयर टिका थापा तथा वडा नं. ४ का वडा अध्यक्ष श्री लाल बहादुर बोगटिले पनि कार्यक्रममा आफ्नो मन्तव्य राख्नु भयो ।
उक्त कार्यक्रममा सांग्रीला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले सुदुर पश्चिमा रहेका ७ वटा शाखाहरुको बारेमा जानकारी गराउनु भयो तथा बैंकले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरु ATM, SMS Banking तथा लकरहरु बारे अवगत गराउँदै बैकका सबै शाखाहरुबाट बैंकले प्रदान गरिने सुविधाहरु उपयोग गर्नु हुन अनुरोध गर्नु भयो ।

उक्त कार्यक्रमको अध्यक्षता बैंकका संचालक श्री अच्युुत प्रसाद प्रसाईले गर्नुु भएको थियो भने स्वागत मन्तब्य बैंकका संस्थापक शेयरधनी तथा पूर्व संचालक श्री मधुसुदन शर्माले गर्नुु भएको थियो । सोही अवसरमा बैंकका संचालक श्री प्रसाईले प्रमुुख अतिथि, अथिती लगायत सम्पूूर्ण उपस्थित महानुुभावहरुलाई बैंकको तर्फबाट स–धन्यवाद ब्यक्त गर्नुुको गर्नुु भयो । “स्थानीय विकासको आधार” भन्ने आफ्नो मुुलमन्त्रलाई आत्मसाथ गर्दै सुुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट ग्रामिण क्षेत्रका जनताहरु बिच आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै देशभर शाखा संजाल विस्तार गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधाको पहुुंच पुुर्याउने बैंकको लक्ष्य रहेको छ भने हालसम्म सातवटै प्रदेशमा गरि बैंकको शाखा संख्या ७७, तथा २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको यसै प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउदंछौ ।
सहयोगको लागि धन्यवाद ।

………………………
(सुुयोग श्रेष्ठ)
प्रमुख कार्यकारी अधिकृत
मितिः२०७५/०९/२४

Latest News