साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको थप दुुई शाखा पोखरामा ।

साँग्रिला डेभलपमेन्ट बैैंक लिमिटेडको थप दुुई शाखा पोखरामा ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७५/०३/२२ गते पोखराको लेखनाथ स्थित तालचोक र पोखराकै पर्यटकीय क्षेत्र लेकसाईडमा आफनो थप दुुईवटा शाखाहरुको विधीवत रुपमा उद्घाटन गरि कारोवार शुभारम्भ गरेको छ । उक्त तालचोक शाखाको उद्घाटन प्रदेश नं. ४ का माननीय आर्थिक मामिला तथा योजना मन्त्री श्री किरण गुरुङज्यूूले गर्नु भयो उक्त अवसरमा मन्त्री श्री गुरुङले प्रदेश नं. ४ पर्यटन ब्यवसायको लागि प्रचुुर सम्भावना बोकेको प्रदेश रहेकोले देशकै आर्थिक समृद्धिको मेरुदण्डको रुपमा विकास गर्न यसमा निजी क्षेत्र लगायत बैंक तथा बित्तीय संस्थाहरुले अहम भुुमिका निभाउनुु पर्ने बताउनुु भयो । यसै गरी लेकसाईड शाखाको विधिवत उद्घाटन प्रदेश नं. ४ का माननीय सभामुुख श्री नेत्रनाथ अधिकारीज्यूूले गर्नुु भयो भने उक्त अवसरमा उहांले बैंकको उत्तरोत्तर प्रगतीको कामना गर्नुुको साथै बैंकले शाखा सञ्जाल शहरी क्षेत्रमा मात्र केन्द्रीत नरही बिभिन्न ग्रामिण क्षेत्रहरुमा समेत बिस्तार गरि आम जनतालाई बैकि¨ सुुबिधा प्रदान गरेकोमा सराहना ब्यक्त गर्नुु भयो ।
यसै क्रममा बैंकका अध्यक्ष प्रा.डा.श्री रबीन्द्र प्रसाद श्रेष्ठज्यूूले माननीय सभामुुख तथा माननीय मन्त्रीज्यूूलाई बैंकको तर्फबाट धन्यवाद ब्यक्त गर्नुुको साथै मायाको चिनो समेत प्रदान गर्नुु भयो यसरी अब यस विकास बैंकको कुल शाखा संख्या ५२ पुगेको छ भने अन्य ३ वटा शाखाहरु केही दिनमै संचालनमा आउने प्रक्रियामा रहेको तथा यसरी नै शाखा विस्तार गर्दै देशभर शाखा संजाल स्थापन गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको यसै प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउदं छौ ।/p>

सहयोगको लागि धन्यवाद

………………………
(दिनेश थकाली)
नायब प्रमुख कार्यकारी अधिकृत
मितिः२०७५/०३/२२

 

Latest News