यस “सांग्रिला डेभलपमेण्ट बैंक लि.” बालुवाटार, काठमाण्डौेका संचालक समितिका अध्यक्ष प्रा. डा. श्री रविन्द्र प्रसाद श्रेष्ठ तथा सिरानचोक गाउँपालिका, गोरखाका प्रमुख एवं साविकको कसमस डेभलपमेन्ट बैंक लि.का पूर्व संचालक श्री राजु गुरुङ्गको बाहुलीबाट मिति २०७४/११/१५ गते मंगलबार यस बैंकका ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु तथा शुभचिन्तकहरुको समतकक्षमा यस विकास बैंकको छेपेटार, गोरखा स्थित एक्सटेन्सन काउण्टरको स्तरोन्नति भई शाखा कार्यालयको रुपमा औपचारिक उद्घाटन सम्पन्न भएको सहर्ष जानकारी गराउन चाहन्छौं ।
साथै, यही मिति २०७४/११/१६ गते बुधबार थकालीहरुको महान चाड तथा नयाँ वर्ष “तोरन्ल पर्व, २०७४” को सुखद घडीमा थकाली सेवा समाज, विनायक बस्ती, बालाजु, काठमाण्डौमा मुस्ताङ्ग जिल्लाको तर्पmबाट प्रतिनिधि सभाका सांसद माननीय श्री प्रेम प्रसाद तुलाचन तथा यस विकास बैंकका संचालक समितिका अध्यक्ष प्रा. डा. श्री रविन्द्र प्रसाद श्रेष्ठको बाहुलीबाट यस बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु तथा शुभचिन्तकहरुको समेत उपस्थितिमा ए.टी.एम. सेवाको विधिवत उद्घाटन सम्पन्न भएको जानकारी गराउदछौं । निकट भविष्यमा नै संचालनमा आउन लागेको वनस्थली, काठमाण्डौ स्थित यस विकास बैंकको शाखा कार्यालयको अधिनमा रहने गरि शुरु गरिएको उक्त ए.टी.एम. यस बैंकका ग्राहकर्वगहरुलाई सेवा प्रदान गर्नका साथै थकाली सेवा समाज तथा त्यस क्षेत्रका वासिन्दाहरुलाई पर्ने वित्तीय सेवा ए.टी.एम. मार्फत पूरा गर्ने उद्देश्यले संचालनमा ल्याइएको हुँदा सोबाट त्यस क्षेत्रका सम्पूर्ण वासिन्दाहरु तथा बैंकका ग्राहक वर्गहरु लाभान्वित हुने विश्वास यस बैंकले लिएको समेत जानकारी गराउँदछौं ।
(राजेन्द्र प्रसाद पौंडेल)
प्रमुख कार्यकारी अधिकृत

IMG-7aee648647dd592f1a3334d3eafe8723-V

IMG-727ea1a3dbbd3f93fcf6bdeb03597cb1-V

Latest News