सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ११.८० प्रतिशत लाभांस दिने 

logo1

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आ.ब.२०७३/७४ को नाफा नोक्सान हिसाब बांडफांड तथा अन्य वितरण योग्य कोष मध्येबाट आफ्ना शेयरधनीहरुलाई विकास बैंकको कायम रहेको १ अर्व ३५ करोड चुुक्ता पूूंजीमा बाहौ साधारण सभाबाट पारित दश बराबर आठ किता (१०ः८) प्रति कित्ता रु. १०० दरको हकप्रद शेयर निष्काशन पश्चात चुुक्ता पूूंजी रु. २ अर्व ४४ करोडको २.५०५ बोनश शेयर तथा ९.३०५ नगद लाभांस गरि जम्मा ११.८०५ (बोनश शेयर तथा नगद लाभांस) वितरण गर्ने उक्त विकास बैंकको मिति २०७५ बैंशाख १० गते बसेको संचालक समितिको २०३ औं बैठकले निर्णय पारित गरि अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ । यसरी उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात बार्षिक साधारण सभाबाट पारित गरि वितरण गरिने भएको छ ।

यस विकास बैंकले चालु आ.ब.२०७४/७५ को चैत्र मसान्तसम्म रु. १४ अर्ब ७६ करोड निक्षेप संकलन, १४ अर्ब कर्जा प्रवाह गरि रु. ३९ करोड ३९ लाख संचालन मुनाफा आर्जन गरेको छ भने निष्कृय कर्जा अनुपात ०.७० प्रतिशत छ । कुल ३६ वटा शाखा कार्यालय रहेको यस विकास बैंकले चालुु आ.ब.मा सातवटै प्रदेशमा गरि थप २२ वटा शाखाहरु संचालन गर्न नेपाल राष्ट्रबाट स्वीकृति प्राप्त गरेकोमा हालसम्म ४ वटा शाखाहरु संचालनमा आईसकेको तथा अन्य शाखाहरु समेत निकट भविष्यमै संचलनमा ल्याउने कार्य अन्तिम चरणमा रहेकोछ ।

 

सहयोगको लागि धन्यवाद ।

……………………
(दिनेश थकाली)
नायब प्रमुुख कार्यकारी अधिकृत
मितिः२०७५/०१/११

Latest News