सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका हकप्रद शेयर लिलाम विक्रीको बाँडफाँड सम्बन्धी जानकारी ।

श्री प्रभु क्यापिटल, कमलादी, काठमाडौको विक्री प्रबन्धकत्वमा यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक समुह तर्पmको ३,९२,७७२.५० कित्ता तथा सर्वसाधारण समुह तर्पmको ५,०९,२२५.०० कित्ता गरि जम्मा ९,०१,९९७.५० कित्ता हकप्रद शेयर लिलाम विक्रीको लागि शिलबन्दि बोलपत्र मिति २०७४/१२/१३ गते देखि २०७४/१२/२० सम्म आह्वान गरिएकोमा प्राप्त भएका शिलबन्दि बोलपत्रहरुलाई मिति २०७४/१२/२३ मा प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौमा संस्थापक समुह तर्पmको बिहान १०ः०० बजे र सर्वसाधारण समुह तर्पmको ११ः०० बजे खोलिएको व्यहोरा जानकारी गराइन्छ ।

यसरी खोलिएका शिलबन्दि बोलपत्रहरुमध्ये Cut off Rate (Par Rate) संस्थापक समुह तर्पm रु. १०५।०० तथा सर्वसाधारण समुह तर्पm रु. १४२।०० भन्दा बढीको दरमा प्राप्त भएको बोलपत्रलाई दरखास्त भए जति सबै कित्ता शेयर बाँडफाँड गर्नाको साथै बाँकी रहेको संस्थापक समुह तर्पm रु. १०५।०० प्रस्ताव गर्ने बोलपत्रदातालाई ५४.२२ प्रतिशतले तथा सर्वसाधारण समुह तर्पm रु. १४२।०० प्रस्ताव गर्ने बोलपत्रदातालाई १६.१० प्रतिशतले दामाशाही (Pro Rate) मा बाँडफाँड गरिएको छ ।

यसरी बाँडफाँड भएका संस्थापक समुह तर्पm ५७ जना आवेदकबाट प्राप्त ३,९२,७७२.५० कित्ता शेयर बापत रु. ४,२०,५५,४०१।०० तथा सर्वसाधारण

समुह तर्पm ३५३ जना आवेदकबाट प्राप्त ५,०९,२२५.०० कित्ता शेयर बापत रु. ७,४७,९२,०२८।२० गरि जम्मा रु. ११,६८,४७,४२९।२० मध्ये बाट संस्थापक समुह तर्पm रु. २७,७८,१५१।०० तथा सर्वसाधारण समुह रु. २,३८,६९,५२८।२० गरि जम्मा रु. २,६६,४७,६७९।२० शेयर प्रिमियम खातामा जम्मा हुने समेत जानकारी गराउँदछौं । साथै, यस शेयर बाँडफाँड पश्चात सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शेयर पूँजी रु. २ अर्ब ५० करोड पुग्ने व्यहोरा समेत जानकारी गराउँदछौं ।

………………
राजेन्द्र प्रसाद पौडेल
(प्रमुख कार्यकारी अधिकृत)

Latest News