सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटो ट्रेडिङ्ग प्रा लि बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटो ट्रेडिङ्ग प्रा लि बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग प्रा लि, बिरगंज वडा नÞं १५ मा कार्यालय रहेको बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक श्री रजित मास्के र द हबि ट्रेडिङ्ग प्राÞ लि का तर्फबाट उक्त कम्पनीका अध्यक्ष श्री उमेश नारायण मानन्धरज्यूले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले भारतको प्रसिद्ध इस्र्कार्ट (Escort) कम्पनीको (xtreme) ब्राण्डका वैकहो लोडर तथा हेभी ईक्यूपमेन्टको आधिकारीक बिक्रेता द हबि ट्रेडिङ्ख प्रा लि बाट नयाँ वैकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरीद गर्न चाहेमा सम्झौता अन्र्तगत खरिद रकमको अधिकतम ७० प्रतिशत सम्म कर्जा सम्बन्धि सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नुहुनेछ । यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।

सहयोगको लागि धन्यवाद ।

……………………..
अपूर्व प्रसाद जोशी
नायव महाप्रवन्धक
(सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड)

Latest News