सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटल प्रा. लि. बिच स्वास्थ्य–उपचार सम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटल प्रा. लि. बिच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट कर्जा तथा मार्केटिङ्ग विभाग प्रमुख श्री निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मार्केटिङ्ग तथा व्यापार विकास विभागका श्री उज्वल रेग्मीले हस्ताक्षर गर्नुु भएको छ । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका ग्राकहरुलाई ग्राण्डी हस्पिटल प्रा. लि.ले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त ग्राण्डी हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिलाई सहयोग गर्न लागेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।

सहयोगको लागि धन्यवाद ।

……………………..
(सुयोग श्रेष्ठ)
प्रमुुख कार्यकारी अधिकृत
मितिः २०७५/१० /१७

Latest News