सांग्रिला डेभलपमेन्ट बैंक लि.ले १९.१७ प्रतिशत नगद लाभांस दिने

पोखराको न्यूरोड स्थित प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आ.ब.२०६९/७० को सञ्चित नाफाबाट आफ्ना शेयरधनी महानुभावहरुलाई चुक्ता पूंजी रु. ३२ करोडको प्रतिकित्ता १९.१७ प्रतिशत कर समायोजन सहितको रु. ६ करोड, १३ लाख ४४ हजार नगद लाभांस वितरण गर्ने भएको छ । यस विकास बैंकको मिति २०७०/०९/०८ गते बसेको संचालक समितिको ९३ औं बैंठकले गरेको सो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि आगामी साधारणसभाबाट पारित गरि वितरण गरिने छ । यस अघि आ.ब.२०६८/६९ मा यस विकास बैंकले ११ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।

यस विकास बैंकले चालुु आ. ब. ०७०/७१ को आश्विन मसान्तसम्म रु. ३ अर्ब २८ करोड निक्षेप संक्लन, रु. २ अर्ब ८१ करोड कर्जा प्रवाह गरि रु. २ करोड ४२ लाख संचालन मुनाफा आर्जन गरेको छ भने आफ्ना १३ वटा शाखाहरु मार्फत करिब ६४ हजार भन्दा बढि ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ । यस विकास बैंक र मध्ये पश्चिमाञ्चलको नेपालगञ्ज स्थित प्रधान कार्यालय रहेको बागेश्वरी डेभलपमेन्ट बैंक लिमिटेड बिच मर्जको लागी आवश्यक प्रक्रियाहरु पुरा गरि निकट भविष्यमै राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्तर उन्नति हुन गई रहेको समेत जानकारी गराईन्छ ।

दिनेश थकाली
का.मु.प्रमुख कार्यकारी अधिकृत

मिति : २०७०/०९/०८

Latest News