पाँचौ वार्षिक साधारण सभा सम्बन्धी सूचना

पोखराको न्यूरोड स्थित प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लि.को यहि मिति २०६९/१२/३० शुक्रवारको दिन पोखरा ग्राण्ड होटलमा आ.ब.२०६८/०६९ को आर्थिक विवरणहरु सहित संचालक समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गरि पांचौ वार्षिक साधारणसभा सम्पन्न भयो । रु.३२ करोड चुक्ता पंूँजी भएको यस विकास बैंकले नेपाल राष्ट्र बैंकले स्वीकृती गरेको चुक्ता पूंजीको ११ प्रतिशत नगद लाभांस सो साधारणसभाबाट पारित गरि यहि २०७० साल बैशाख २ गतेबाट बैंकको केन्द्रीय कार्यालय न्यूरोड पोखरा र बैंकको शेयर रजिष्ट्रार श्री ग्रोमोर मर्चेन्ट बैंकर लि. दरबारमार्ग, काठमाण्डौबाट आफ्ना शेयरधनी महानुभावहरुलाई वितरण गरिने भएको
छ। यसरी यस विकास बैंकको पांचौ साधारणसभाले संस्थापक शेयरधनीहरुबाट ६ जना संचलाकहरु श्री विश्वास गौचन, श्री डा. रबीन्द्र प्रसाद श्रेष्ठ,श्री अमृत सिंह थापा, श्री लक्ष्मीनारायण श्रेष्ठ, श्री शिबलाल मल्ल र श्री टेकबहादुर गुरुङ्गलाई निर्बिरोध निर्वाचित गरेको छ भने साधारणसभा पश्चात बसेको संचालक समितिको बैठकले श्री विश्वास गौचनज्यूलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । यस सांग्रिला डेभलपमेन्ट बैंक र नेपालगञ्ज प्रधान कार्यालय रहेको बागेश्वरी डेभलपमेन्ट बैक बिच मर्जरको लागि सम्झौता पत्रमा हस्ताक्षर भई स्वीकृतीको लागि नेपाल राष्ट्र समक्ष पेश गरि सकेको छ । यही २०६९ साल पौष मसान्तसम्म आफ्ना १३ वटा शाखाहरु मार्फत यस विकास बैंकले रु.२ अर्ब ७७ करोड निक्षेप संकलन, रु.२ अर्ब ४१ करोड कर्जा प्रवाह गरि रु.५ करोड २३ लाख संचालन मुनाफा आर्जन गरेको छ, भने आफ्नै ६ वटा ए.टी.एम.मेसिन सहित एस.एम.एस बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग जस्ता अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दे आइरेको यस विकास बैंकले हालसम्म करिब ५५ हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
नयां बर्ष २०७० सालको उपलक्ष्यमा सौगात स्वरुप यस विकास बैंकले एक बर्ष वा सो भन्दा बढिको मुद्दति निक्षेपमा खाता खोल्ने आफ्ना ग्राहक महानुभावहरुलाई सांग्रिला नयां बर्ष सर्प्राईज अफर १ मुद्दती खातामा बिषेश उपहार १ नामक नयां योजना ल्याएको सहर्ष जानकारी गराउदछौं ।

(दिनेश थकाली)
का.मु.प्रमुख कार्यकारी अधिकृत

Latest News