पांचौ वार्षिकोत्सवको उपलक्ष्यमा सांग्रिला बैंक द्धारा बास्केटबल प्रतियोगिता आयोजना


यस सांग्रिला डेभलपमेण्ट बैंक लि. ले आफ्नो स्थापनाको पाचौं बर्ष सफलतापूर्वक पार गरी छैटौ बर्षमा प्रवेश गरेको छ । सो अवसरमा २०६९ भाद्र ९ गते आपसी सदभाव कायम गर्ने उद्देश्यले संस्थापक शेयरधनीहरु तथा कर्मचारीहरु बिच मैत्रीपुर्ण बास्केट बल प्रतियोगिता आयोजना गरि सम्पन्न गरेको छ । सो खेलमा संस्थापक शेयरधनीको टिमले २२ को विरुद्ध २६ स्कोरले विजयी हुन सफल भएकोमा का. मु. प्रमुख कार्यकारी अधिकृत श्री दिनेश थकाली द्धारा विजयी टिमलाई मायाको चिनो वितरण गरियो । साथै उच्च स्कोर गर्न सफल भएका यस विकास बैंकका कर्मचारी श्री विश्वास गुरुङ्गलाई संचालक श्री डा. रविन्द्र प्रसाद श्रेष्ठ ज्यू द्धारा माया को चिनो प्रदान गरियो ।

यसरी यस बैंकले पांचौ बर्षको कार्यकाल पुरा गर्दा गत आर्थिक बर्ष आषाढ मसान्तसम्म रु. २ अर्ब ५७ करोड निक्षेप संकलन, रु.२ अर्ब १२ करोड कर्जा प्रवाह गरि रु. ७ करोड ८५ लाख संचालन मुनाफा गर्न सफल भएको छ भने आफ्ना १३ वटा शाखाहरु मार्फत ५० हजार भन्दा बढी ग्राहकहरुलाई ABBS, SMS BANKING, IBANKING, निशुल्क ATM , सुनचादी कर्जा, प्रधान कार्यालयबाट संन्ध्याकालिन सेवा तथा ३६५ दिने बैंकिङ्ग सेवा तथा लकर सेवा जस्ता गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ । “सांग्रिला विकास बैंक सबैका लागि” भन्ने आफ्नो मुल नारा अनुरुप यस बैंकले शहरमुखी मात्र केन्द्रीत नरहेर ग्रामिण स्तरसम्म आफनो संजाल बिस्तार गरि ३ वटा शाखाहरु मार्फत बिपन्न तथा न्यून आय भएका महिला दिदी बहिनीहरुलाई लक्षित लघुवित्त कारोबार संचालन गरि बिना द्यितो सामुहिक जमानीमा कर्जा प्रदान गर्दे आईरहेको छ भने संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तरगत लघुवित्त विकास कार्यक्रम (मेडेप) संग सहकार्य गरि बिपन्न महिला दिदी बहिनीहरुलाई स्वालम्बन बनाउन बिभिन्न सिप मुलक तालिमहरु समेत प्रदान गर्दैै आईरहेको छ ।

यहांसम्म आईपुग्दा हामीलाई प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण ग्राहक वर्ग, संचालक समिति, शेयरधनी, कर्मचारी, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी रजिष्टारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल धितोपत्र विनीमय बजार, संचार माध्यम, सरकारी तथा गैर सरकारी अंग, निकाय, कार्यालयहरु तथा अन्य सम्पूर्ण शुभ चिन्तक महानुभावहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

Latest News