साँग्रिला डेभलपमेन्ट बैंक लि.को १४ औ बार्षिक साधारण सभा सम्पन्न ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति २०७५/०९/३० गते सोमबार काठमाण्डौको अमृतभोग पार्टीप्यालेस, कालिकास्थान, डिल्लीबजारमा आ.ब.२०७४/७५ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा.श्री रबिन्द्र प्रसाद श्रेष्ठज्यूले बार्षिक प्रतिबेदन प्रस्तुत गरि सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणमा सँलग्न अनुसुचिहरु उपर छलफल गरि चौधौं बार्षिक साधारणसभा सम्पन्न गरेकोछ । रु.२ अर्व ५० करोड ६३ लाख ८५ हजार चुक्ता पंूँजी भएको यस विकास बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.ब.०७४/७५ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको ४ प्रतिशत बराबरको बोनश शेयर तथा ५.४५ प्रतिशत नगद लाभांस कर सहित सो साधारणसभाबाट पारित गरि बैकको शेयर रजिष्ट्रार एनआइविल क्यापिटल मार्केन्ट लिमिटेडबाट आफ्ना शेयरधनी महानुभावहरुलाई वितरण गरिने भएको छ । सो बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ६० करोड ६६ लाख ४० हजार ४ सय हुनेछ ।

विकास बैंकले आफ्नो मुुलनारा स्थानीय विकासको आधार भन्ने मुुलमन्त्रलाई आत्मसाथ गर्दै दुुर्गम तथा ग्रामीण क्षेत्रका जनताहरु बिच आप्mनो सेवा विस्तार गर्ने क्रममा हालसम्म सातवटै प्रदेशमा गरि ७७ वटा शाखा संजाल रहेको यस विकास बैंकको काठमाण्डौ उपत्यकामा थप पांचवटा शाखाहरु पेप्सीकोला, टोखा, नयांबानेश्वर, सानेपा, र ठीमी भक्तपुुर सहित विकट हिमाली दुुर्गम जिल्ला हुुम्लाको सिमीकोट, त्यस्तै बयलबास, जितपुुर, धरान र लाहान गरि १० वटा शाखाहरु खोल्न नेपाल राष्ट्र बैंककाट स्वीकृति प्राप्त भई निकट भविष्यमा संचालन हुुने क्रममा रहेका छन् । सो पश्चात बैंकको शाखा सन्जाल ८७ पुुग्ने जानकारी गराउँदछु । हालसम्म विकास बैंकले करिब २ लाख ६० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा दिईरहेको छ ।

आफ्नो २३ वटा ATM सेवा प्रदान गर्दै आएको यस बैंकले भिसा डेबिड कार्ड संचालनमा ल्याई सकेको छ । एपोलो हस्पीटल, नयां दिल्ली इन्डीयासंग सम्झौता गरि यस विकास बैंकका भिजा कार्ड प्रयोगकर्ता ग्राहक, शेयरधनी, कर्मचारी तथा तिनका परिवारहरुले एपोलो हस्पीटलमा सेवा लिंदा उक्त सेवाहरुमा १० प्रतिशत सम्म छुुट पाउने छन ।

साथै संस्थापक समुह तथा सर्वसाधारण समुहका शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३र३ जना संचालकहरुको निर्वाचनमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने श्री अच्युत प्रसाद प्रसाई, श्री शान्तराज बतास र श्री सुशिलकाजी बाँनिया तथा सर्वसाधारण शेयरधनीको तर्फबाट श्री गंगा सागर ढकाल, श्री सुमन कुमार श्रेष्ठ र श्री रबिना शेरचन र्निबिरोध निर्वाचित हुनु भएको छ । सो पश्चात बसेको नवनिर्वाचित संचालक समितीको बैठकले श्री अच्युत प्रसाद प्रसाईलाई आगामी कार्यकालको लागी अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको ब्यहोरा समेत यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छु ।
सहयोगको लागि धन्यवाद ।

……………………
(सुुयोग श्रेष्ठ)
प्रमुख कार्यकारी अधिकृत
मितिः २०७५/०९/३०

Latest News