सांग्रिला डेभलपमेन्ट बैंक लि.को कर्पोरेट तथा मुख्य शाखा कार्यालयको समउद्घाटन सम्पन्न!


मध्य पश्चिमाञ्चलको नेपालगञ्ज तथा पश्चिमाञ्चल क्षेत्रको पोखरामा स्थापना भई बित्तीय क्षेत्रमा (क्षेत्रीय स्तरमा) आफ्नो अग्रिण पहिचान स्थापित गर्न सफल साविकको बागेश्वरी डेभलमेन्ट बैंक लि. र साग्रिला डेभलपमेन्ट बैंक लि. एक आपसमा मर्ज भई १:१ शेयर अनुपातमा रु. ३२/३२ करोड गरि कुल रु. ६४ करोड चुक्ता पूँजी पुर्याई राष्ट्रिय स्तरको विकास बैंक “साँग्रिला डेभलमेन्ट बैंक लिमिटेड” को रुपमा स्तररोन्ती भई मिति २०७१ आषाढ २९ गते देखि कर्पोरेट कार्यालय न्यूरोड, काठमाण्डौबाट एकिकृत रुपमा कारोवार शुभारम्भ गरेको यस विकास बैंकको मिति २०७१/०६/१० गते सम्पन्न बिशेष साधारणसभाबाट ४:१ (चार कित्ता बराबर एक कित्ता) दरले हकप्रद शयेर निष्कासन गर्ने निर्णय पारित गरि र सोही सभाबाट नयां सञ्चालक समिति चयन गरि बिशेष साधारणसभा सम्पन्न भएको छ । संचालक समितिमा श्री सुरेन्द्र बहादुर भारीजु, श्री अच्युत प्रसाद प्रसाई, डा. रबीन्द्र प्रसाद श्रेष्ठ, श्री शिबलाल मल्ल, श्री मधु सुधन शर्मा, श्री उज्जवल सत्याल, श्री चुडामणी ढकाल र श्री निरन कुमार श्रेष्ठ चयन हुनु भएको छ । निर्वाचित संचालक समितिको सोही दिन बसेको संचालक समिति बैंठकले श्री सुरेन्द्र बहादुर भारीजुलाई पुनः संचालक समिति अध्यक्षमा चयन गरेकोछ ।

बैंकको हाल कर्पोरेट कार्यालय न्युरोड, काठमाण्डौंमा रहेको यस विकास बैंकले आफ्नो सम्पूर्ण भौतिक तथा साजसजावट सहित निर्माणधिन कार्य सम्पन्न गरि मिति २०७१/०६/१२ गते नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाज्युबाट विधिवत रुपमा उद्घाटन गरि विकास बैंकले कर्पोरेट कार्यालय, बालुवाटार काठमाण्डौबाट आधुनिक बैंकिङ्ग सेवा सहित कारोवार संचालनमा ल्याएको छ भने यस पश्चात बैंकको कर्पोरेट कार्यालय सहित नेपालभर शाखा संख्या २५ पुगेका छन । कर्पोरेट कार्यालयको संचालनको अवसरमा बैंकको लकर सुबिधा उपभोग गर्ने ग्राहकहरुलाई ५० प्रतिशत छुट तथा बचत खातामा ०.५० प्रतिशत ब्याज थप गर्ने ब्यहोरा समेत यसै प्रेस बिज्ञप्ती मार्फत यहांहरुलाई जानकारी गराउदछौ । साथै सो अवसरमा पहिलो लकर सेवा उपभोग गर्नु हुने श्रीमती सन्जिमा श्रेष्ठलाई गभर्नर डा.श्री खतिवडा ज्यूबाट पहिलो लकरको चावी समेत हस्तान्तरण गर्नु भयो ।

क्षेत्रीय स्तरमा उत्कृट सेवाका साथ मुनाफा आर्जन गर्दै आएका दुई विकास बैंकले आफ्ना ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हकहित तथा संस्थागत सुशासन र नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरुबाट समय समयमा जारी निर्देशनहरुको अक्षरस पालना गदै आर्ईरहेकोमा मर्ज पश्चात यी कुराहरुमा अझ बिशेष ध्यान दिई अघि बढ्ने बैंकको लक्ष्य रहेकोछ भने नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम ब्यक्तिगत जमानीको आधारमा समेत कर्जा प्रवाह शुरु गर्दै आईरहेको यस विकास बैंकले आफ्नै ७ वटा ए टी एम सहित ग्राहकहरुलाई अत्याधुनिक मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैकिङ्ग सेवा लगायत ए.बि.बि.एस. सेवा, तथा क्षेत्रीय कार्यालय न्यूरोड पोखरा र धम्बोझीचोक नेपागञ्जबाट लकर सेवा, सुनचांदी धितो कर्जा सेवा, ३६५ दिन बैंकिङ्ग सेवा र सन्ध्याकालिन काउन्टर सेवा समेत प्रदान गर्दै आईरहेको छ । विकास बैंकका झण्डै १ लाख २० हजार ग्राहक संख्या रहेका छन भने न्युरोड पोखरा, दुलेगौंडा तनहुं, बाग्लुङ तथा अमरापुरी नवलपरासी लगायतका शाखा कार्यालयहरुबाट अति विपन्न वर्गका ब्यक्तिहरुलाई सामुहिक जमानीको आधारमा बिना धितो लघुबित्त कर्जा समेत प्रदान गर्दै आईरहेको ब्यहोरा यहांहरुको जानकारीको लागि यस प्रेस विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौं ।

२०७१ आषाढ मसान्तको अपरिष्कृत बित्तीय विवरणः

१) निक्षेप संकलन रु. ६ अर्ब ४५ करोड
२) कर्जा लगानी रु. ५ अर्ब २१ करोड
३) संचालन मुनाफा रु. २४ करोड ८६ लाख
४) प्रति शेयर आम्दानी २४.७३
५) निष्कृय कर्जा ०.८६ प्रतिशत

सहयोगको लागि धन्यवाद ।

……………………
राजेन्द्र प्रसाद पौडेल
प्रमुख कार्यकारी अधिकृत
मितिः२०७१/०६/१२

Latest News