सांग्रिला डेभलपमेन्ट बैंकको नाफा साढे २४ करोड

काठमाण्डौ न्यूरोडमा कर्पोरेट कार्यालय रहेको सांग्रिला डेभलमेन्ट बैंकले आर्थिक वर्ष २०७०/७१ असार मसान्त सम्ममा २४ करोड ६७ लाख  रुपैयाँ संचालन मुनाफा कमाएको छ ।  यस अबधिमा बैकले  ६ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको बेैकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए ।

बैकले २४ वटा शाखा कार्यालय र ७ वटा ए टी एम  बाट आफ्ना ग्राहकहरुलाई आधुनिक मोबाईल बैंकिङ, ईन्टरनेट बैकिङ,लकर सेवा, एटिएम सेवा तथा सुनचांदी धितो कर्जा सेवा प्रदान गर्दै आईरहेको छ । बैंकका  १ लाख १९ हजार ग्राहक छन । बैंकले आफ्नो पोखरा, दुलेगौंडा तनहुं, बाग्लुङ तथा अमरापुरी नवलपरासी लगायतका शाखा कार्यालयहरुबाट अति विपन्न वर्गका ब्यक्तिहरुलाई सामुहिक जमानीको आधारमा बिना धितो लघुबित्त कर्जा समेत प्रदान गर्दै आईरहेको डेपुटी कार्यकारी अधिकृत दिनेश थकालीले बताए  । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको वागेश्वरी डेभलपमेन्ट बैंक र पोखरामा केन्द्रीय कार्यालय रहेको सांग्रीला डेभलपमेन्ट बैंक हालै एक आपसमा गाभिएर राष्ट्रिय स्तरको  साँग्रिला डेभलमेन्ट बैंक लिमिटेड  बनेको हो ।

मिति : साउन ४ गते

Latest News