सांग्रिला डेभलपमेन्ट बैंकको ग्रिन पिन सेवा संञ्चालनमा

प्रेस विज्ञप्ती

सांग्रिला डेभलपमेन्ट बैंकको ग्रिन पिन सेवा संञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप सेवा मजबुत गर्दै बैकले आफ्ना ग्राहक महानुभावहरुका लागि ग्रिन पिन सेवा संञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकबाट डेबिट कार्ड लिदा पिन को जानकारी आफ्नो मोबाईलमा पाउनसक्नुहुने छ । यसबाट कागजबाट लिईने पिन लिन ग्राहक महानुभावहरु बैंक आई राख्नु नपर्ने र सजिलै आफ्नो मोबाईलबाट डेबिट कार्डको पिन पाउन सक्नुहुनेछ । आफ्नो नयाँ कार्ड कुनै पनि सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन प्राप्त गर्नुहुनेछ । सम्बन्धित ब्यक्तिको मोबाईल नम्बरमै पिन जाने हुँदा यो सेवा पहिले भन्दा अझै सुरक्षित हुने विश्वास बैंकले लिएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सहयोगको लागि धन्यवाद ।

अपूर्व प्रसाद जोशी
नायव महाप्रवन्धक
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

Latest News