सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बीच विप्रेषन कारोवार सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि का तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक श्री राजन कुमार अमात्यले हस्ताक्षर गर्नुु भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको रकम सांग्रिला डेभलपमेण्ट बैंकको देशैभरी रहेका शाखा कार्यालयहरुबाट सहज तथा सरल रुपमा प्राप्त गर्न सक्नुहुनेछ । यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।

सहयोगको लागि धन्यवाद ।

……………………..
सुयोग श्रेष्ठ
(प्रमुुख कार्यकारी अधिकृत)
(सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड)

Latest News