सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ मोबाईल बैंकिङ्ग सुविधा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स आदि सुविधाहरु दिंदै आएको कुरा यहाँहरुलाई विदितै छ । त्यसमा हाल आएर मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) मा थप सुविधा सहित अन्तरबैंक रकम ट्रान्सफर, इन्स्योरेन्स पेमेन्ट, बायोमेट्रिक लग इन, क्युआर पेमेन्ट, मोबाईल टपअप, एअर टिकट खरिद जस्ता विभिन्न अन्य सुविधाहरु सहित बैंक स्मार्ट भि फाईभको शुरुवाट गरेको छ । यस मोबाईल एप्सबाट ग्राहकवर्गहरुले आफूसंग रहेका मोबाईलबाट माथि उल्लेख गरिएका विभिन्न सुविधाहरु उपयोग गर्न सक्ने छन् । नयाँ सुविधा भएको मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) एप्स् SMS र GPRS दुबैबाट प्रयोग गर्न सकिन्छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।

……………………..
(सुयोग श्रेष्ठ)
प्रमुुख कार्यकारी अधिकृत

 

Latest News