पाँचौ वार्षिक साधारण सभा सम्बन्धी सूचना

आदरणीय शेयरधनी महानुभावज्यूहरु,

यस सांग्रिला डेभलपमेण्ट बंैक लि. को संचालक समितिको मिति २०६९-१२-६ मा बसेको ८२ औं बैठकको निर्णय अनुसार यस विकास बंैकको पाँचौ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका प्रस्ताबहरु उपर छलफल गरी निर्णय गर्न बस्ने भएकोले कम्पनी ऐन २०६३ को दफा ६७ (२) बमोजिम सम्पूर्ण आदरणीय शेयरधनी महानुभावहरुको जानकारी एबं उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 सभा बस्ने मिति, समय र स्थान
मिति : २०६९ चैत्र महिना ३० गते शुक्रवार
समय : बिहान ८ बजे
स्थान : पोखरा ग्रान्ड होटल, विरौटा, पोखरा ।

Latest News