नगद लाभांश तथा बोनश शेयर प्रमाणपत्र वितरण सम्बन्धी सूचना

यस सांग्रिला डेभलमेन्ट बैंक लिमिटेडको मिति २०७१/१२/३० गते सम्पन्न दशौं बार्षिक साधारण सभाको निर्णय अनुसार, मिति २०७१/१२/१३ गतेसम्म कायम भई सो मितिको १ साता सम्म यस विकास बैंकमा नामसारी भएका शेयरधनीहरुलाई चुक्ता पू“जीको १५ प्रतिशतका दरले बोनश शेयर प्रमाणपत्र तथा ६.३० प्रतिशत (कर समेत) का दरले नगद लाभांश वितरण गर्न स्वीकृती भएकोले मिति २०७२/०१/१३ गते देखि यस विकास बैंकको प्रधान कार्यालय बालुवाटार–४, काठमाण्डौबाट तल उल्लेखित शेयरधनी नं. क्रमानुसार वोनश शेयर प्रमाणपत्र तथा नगद लाभांस वितरण गरिने व्यहोरा सम्पूर्ण सर्वसाधारण शेयरधनीहरुलाई जानकरी गराईन्छ ।

मिति  शेयरधनी नं.
२०७२/०१/१३  ५०१ देखी २२०० सम्म
२०७२/०१/१४ २२०१ देखी ४००० सम्म
२०७२/०१/१५  ४००१ देखी ५५०० सम्म
२०७२/०१/१६    ५५०१ देखी ७००० सम्म
२०७२/०१/१७  ७००० देखी माथीका सवै

बितरण हुने समय :
आईतबार देखि बिहिबार १०ः०० देखि ३ः०० बजेसम्म
शुक्रबार १०ः०० देखि १ः०० बजेसम्म

पुनश्चः आफ्नो शेयरधनी नं. क्रममा नआउने शेयरधनीहरुको हकमा मिती  २०७२/०१/२० गतेवाट मात्र वोनश तथा नगद लाभांश वितरण गरिने जानकारी गराइन्छ ।

अन्य जानकारी:

  • बोनश शेयर प्रमाणपत्र तथा नगद लाभांश लिन आउ“दा शेयरधनीको हस्ताक्षर पमाणीत हुनुपर्नेछ ।
  • आफै उपस्थिति हुन असमर्थ शेयरधनीहरुले कुनै प्रतिनिधि मार्फत अख्तियारनामा दिई बोनश शेयर प्रमाणपत्र तथा नगद लाभांश प्राप्त गर्न सक्नुहुनेछ । सोको लागी शेयरधनीको मन्जुरीनामा पत्रका साथै प्राप्त गर्ने व्यक्तिको नागरिकता प्रमाण–पत्रको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ ।
  • शेयर प्रमाणपत्र धितोबन्धक रहेको खण्डमा सम्बन्धित बैंक तथा वित्तिय संस्थाको बोनश शेयर प्रमाणपत्र तथा नगद लाभांश भुक्तान स्वीकृति–पत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।
  • संस्थापक शेयरधनीको हकमा हरेक कार्यालय दिनमा वोनश शेयर प्रमाणपत्र तथा तथा नगद लाभांस प्रदान गरिनेछ ।
  • उपत्यका बाहेक अन्य स्थानमा वस्नु हुने शेयरधनीको हकमा विकास बैंकको नजिकको शाखामा सम्पर्क गरि आफ्नो प्रमाणपत्र तथा लाभांश लिन सकिने व्यहोरा जानकारी गराईन्छ । सो का लागी निवेदनको मितिले न्यूनतम दुई हप्ता (१४) कार्य दिन लाग्ने समेत जानकारी गराईन्छ ।

Latest News