सांग्रिला डेभलपमेन्ट बैंकको घरदैलो कार्यक्रम

सांग्रिला डेभलपमेन्ट बैंकको घरदैलो कार्यक्रम

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल सरकारको खोलौं बैंक खाता अभियान २०७६ मा प्रतिबद्धता जनाउँदै, “सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैंकिङ्ग पहुँच” भन्ने नारालाई आत्मसात गर्दै नव वर्ष २०७६ को प्रवेश संगै ग्राहकवर्गहरुलाई खाता खोल्नमा अभिप्रेरित गर्ने तथा बैंक खाताको महत्व दर्शाउँदै सांग्रिला डेभलपमेन्ट बैंकको अनामनगर शाखाले १ दिने घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । यसबाट सो शाखाका वरपरका जनताहरुलाई बैंकिङ्ग सुविधाको उपयोग तथा उनीहरुलाई बैंक प्रतिको सकारात्मक भावनाहरु जागृत गराई उनीहरुलाई क्यालेण्डर तथा डटपेन समेत वितरण गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट यो अभियान अन्तर्गत घरदैलो कार्यक्रम गर्दै जनमानसमा बैंकको उपयोगिता तथा यसको महत्व दर्शाउँदै बैंक खाता खोल्न अभिप्रेरित गर्ने लक्ष्य लिएको छ । यसरी बैंकले आफ्ना सबै शाखाहरुबाट नेपाल सरकारको यो अभियानलाई आत्मसात गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।

 

सहयोगको लागि धन्यवाद ।

……………………..
(रजित मास्के )
निमित्त प्रमुुख कार्यकारी अधिकृत
मितिः२०७६/०१ /०६

Latest News