आ.ब.२०७०/७१ को प्रथम त्रैमासिक प्रतिवेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली,२०६५ को अनुसूचि–१४
(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)
आ.ब.२०७०/७१ को प्रथम त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण :

(क)   आ.ब.२०७०/७१ को प्रथम त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण २०७०/०८/०२ गतेको कारोबार राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको छ ।

(ख)   प्रमुख वित्तीय परिसूचकहरु :

प्रति शेयर आम्दानी रु १९/२८ (बार्षिक)
मूल्य आम्दानी अनुपात (पी/ई रेसियो) ६/५९ (बार्षिक)
प्रति शेयर नेटवर्थ रु.१३९/२८
प्रति शेयर कुल सम्पत्तिको मुल्य रु.१,२०१/९९
तरलता अनुपात २८/६६%

२. व्यवस्थापकीय विश्लेषण :

(क) यस विकास बैंकको चालु आ. व.२०७०/७१ को प्रथम त्रैमासिक बित्तीय विवरणहरुको स्थिति उत्साहजनक रुपमा नै रहेको कुरा बित्तीय विवरणहरुले नै प्रष्ट पार्दछ । अघिल्लो आ. व. को सोही अवधिको तुलनामा निक्षेपमा २५.२२, कर्जा लगानीमा २४.७९ तथा मुनाफामा ६३.१० प्रतिशतको बृद्धि रहेको छ भने तरलता अनुपात सन्तोषजनक नै रहेकोछ । ग्राहकहरुको सन्तुष्टिलाई नै आफनो मुख्य लक्ष्य बनाई अत्याधुनिक बैंकिङ प्रणालीबाट गुणस्तरिय सेवाहरु प्रदान गर्दे आईरहेको यस विकास बैंकले ग्राहकहरुको आवश्यकता अनुसार आगामी दिनहरुमा समेत सरल तथा छिटो छरितो तवरले गुणस्तरिय सेवाहरु प्रदान गर्ने र सम्बन्धित सरोकारवाला पक्षहरुको हितमा कार्य गर्दै संस्थालाई अगाडी बढाउन बैंक ब्यवस्थापन सधै कटिबद्ध रहेको छ ।

(ख) यस विकास बैंक र बागेश्वरी डेभलपमेन्ट बैंक लि. बिच मर्जको लागि सम्झौता भई नेपाल राष्ट्रबाट सैद्धान्तिक सहमती पत्र समेत प्राप्त भई मर्जको कार्य अघि बढि रहेको छ । मर्ज पश्चात् राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्तर उन्नति भई कार्य क्षेत्र समेत विस्तार हुनेछ । हाल राष्ट्रिय स्तरको विकास बैंकको लागि आवश्यक भौतिक तथा मानव पूर्वाधार निर्माण, आवश्यक पूँजीको बृद्धि तथा दुई बैंक विचको निति नियमहरुमा एकरुपता कायम गर्ने कार्य तदारुकता साथ सम्पन्न भई रहेको छ ।

(ग) सम्बन्धित नियमनकारी निकायहरुद्धारा समय समयमा जारी गरिने नीति तथा निर्देशनहरु बमोजिम आफ्नो रणनीतिहरु तय गरि कार्यानन्यन गर्नुको साथै बित्तीय क्षेत्रहरुमा समय सापेक्ष हुने परिवर्तनहरु तथा हुन सक्ने बिभन्न किसिमका जोखिमहरु प्रति बैंक ब्यवस्थापन निकै सजग रहि कार्य संचालन गर्दै आईरहेकोले आगामी दिनहरुमा समेत यस विकास बैंकको आर्थिक विवरणहरुमा तात्विक नकारात्मक असर पार्न सक्ने अवस्था छैन ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

क) यस त्रैमासिक अवधिमा संस्थाले वा संस्थाका बिरुद्धमा कुनै किसिमको मुद्दा दायर नभएको ।

ख) यस विकास बैंकको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्घमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त नभएको।

ग) यस विकास बैंकका संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्धा दायर भएको जानकारी प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण :

यस विकास बैंक तथा बागेश्वरी डेभलपमेन्ट बैंक लि. नेपालगञ्ज बांके बिच मर्जर गर्ने प्रक्रिया अन्र्तगत मिति २०६९/११/१५ गते समझदारी पत्रमा ( MOU ) हस्ताक्षर सम्पन्न भए पश्चात यस विकास बैंकको धितोपत्र कारोवार रोक्का रहि सो अवधिसम्ममा शेयरको अन्तिम मूल्य रु.१२७ कायम रहेको थियो भने तत्पश्चात संस्थाको शेयर खरिद तथा बिक्री सम्बन्धी धितोपत्र कारोबार नभएको ब्यहोरा अनुरोध गरिन्छ ।

५. समस्या तथा चुनौति :

क) आन्तरिक समस्या र चुनौती :
यस समीक्षा अवधिमा बैंक तथा बित्तीय संस्थाहरुमा बढिरहेको अधिक तरलताको तुलनामा लगानी योग्य अवसरहरुको कमीले गर्दा कर्जा तथा निक्षेपको ब्याजदरमा हुने परिवर्तनबाट उत्पन्न हुन सक्ने जोखिम, बैंक तथा बित्तीय संस्थाहरुको शाखा विस्तारले गर्दा अस्वस्थ प्रतिस्पर्धा भई कारोवारमा निगरानीको चुनौति तथा नयां प्रविधिको प्रयोगसंगै बैकिङ क्षेत्रमा देखिएको संचालन जोखिम जस्ता आन्तरिक समस्याहरु बिद्यमान चुनौतिको रुपमा रहेका छन्  ।

ख) बाह्रय समस्या तथा चुनौति :
देशमा बिद्यमान अस्थिर राजनैतिक अवस्था, बिश्वब्यापी आर्थिक मन्दी, भारतीय मुद्रासंगको स्थिर दरका कारण बिदेशी मुद्राहरुको तुलनामा नेपाली मुद्राको अवमूल्यन, न्यून आर्थिक बृद्धिदर, घर जग्गा कारोवारमा बिद्यमान शिथिलता तथा शेयर बजारमा अपेक्षित सुधार नहुनु, लगानी मैत्री बातावरणको अभाव, उर्जा संकट, बढ्दो उच्च महंगी तथा नेपाल राष्ट्र बैंकको नीतिमा समय समयमा भईरहने परिबर्तनले गर्दा पर्ने असर आदी बाह्रय समस्या तथा चुनौतिका रुपमा रहेका छन्।

          रणनीति : यस समीक्षा अवधिमा बैंकिङ क्षेत्रले ब्यहोर्नु परेका यस्ता समस्याहरुको बावजुद आन्तरिक समस्याहरुको न्यूनीकरणको लागि उपलब्ध साधनहरुको अधिकतम प्रयोग, खर्चमा मितब्ययिता, कर्जा लगानी बिधिकरण, असुलीमा कडाई, मानव संसाधनको उचित प्रयोग गर्ने नीति बैंक ब्यवस्थापनले लिएको छ । त्यस्तै बाह्रय समस्याको समाधानको लागि बित्तीय बजारको अवस्था अनुरुप सजगतताको साथ अगाडी बढ्दै हरेक चुनौतिहरुको अत्यन्त सम्बेदनशिल ढंगबाट समाधान गर्दै लैजाने रणनीति ब्यवस्थापनको रहेको छ ।

६.संस्थागत सुशासन :

नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरुबाट समय समयमा जारी गरिएका संस्थागत सुशासन सम्बन्धि निर्देशनहरुको यस विकास बैंकले नियमित रुपमा पालना गर्दै आईरहेको छ । आन्तरिक नियन्त्रण प्रणालीलाई ब्यवस्थि गर्न संचालक तथा ब्यबस्थापन तहमा बिभिन्न समितिहरु लेखा परिक्षण समिति, जोखिम ब्यवस्थापन समिति, कर्जा समिति, कर्जा असुली समिति, पदपुर्ति समिति, आर्थिक निर्देशन समिति, कर्मचारी सेवा तथा सुबिधा समिति तथा अन्य समितिहरु क्रियाशिल रहेका छन भने उक्त समितिहरुले दिएका सुझाव बमोजिम आन्तरिक नीति तथा निर्देशिका तयार गरि कार्य सम्पादन गर्दै आईरहेको छ । यसको साथै आन्तरिक लेखापरिक्षकको नियुक्त गरि प्रत्येक त्रैमासिक रुपमा आन्तरिक लेखा परीक्षण गराई लेखा परीक्षकले औल्याएका सुझाब तथा निर्देशनहरुलाई सुधार एवं कार्यान्वयन गर्दै आइरहेको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

Latest News