आ.ब.२०७०/७१ को दोस्रो त्रैमासिक प्रतिवेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली,२०६५ को अनुसूचि–१४

(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)

आ.ब.२०७०/७१ को दोस्रो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण :

(क) यस विकास बैंकको वासलात तथा नाफा नोक्सान हिसाब सम्बन्धी विवरण :
आ.ब.२०७०/७१ को दोस्रो त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण मिति २०७० माघ १९ गतेको नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिएको छ ।

(ख) प्रमुख वित्तीय परिसूचकहरु :

प्रति शेयर आम्दानी रु २९/२६ (बार्षिक)
मूल्य आम्दानी अनुपात (पी/ई रेसियो) ४/३३ (बार्षिक)
प्रति शेयर नेटवर्थ रु.१४९/०९
प्रति शेयर कुल सम्पत्तिको मुल्य रु.१,३११/७१
तरलता अनुपात ३०/५७%

२. व्यवस्थापकीय विश्लेषण :

(क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण :
यस चालु आ. व.२०७०/७१ को दोस्रो त्रैमासिक अवधिसम्म यस विकास बैंकको बित्तीय विवरणहरु सन्तोषजनक रुपमा नै बृद्धि भई रहेको छ । अघिल्लो आ. व. को सोही अवधिको तुलनामा निक्षेपमा २९.९०, कर्जा लगानीमा २४.८६ तथा मुनाफामा ४०.६५ प्रतिशतको बृद्धि रहेको छ भने तरलता अनुपात समेत ३०.५७ प्रतिशत रहेकोछ जुन की थप ब्याबसाय बृद्धिका लागि समेत प्रर्याप्त रहेको छ ।

(ख) आगामी अवधिको ब्यवसायिक योजना सम्बन्धमा ब्यवस्थापकको बिश्लेषणात्मक विवरण :
यस विकास बैंकले ब्याबसायिक जोखिमलाई मध्येनजर गर्दै कर्जा लगानी विविधिकरणमा जोड दिई बिभिन्न प्राथमिक तथा उत्पादनशील क्षेत्रहरु कृर्षि, पर्यटन, साना तथा घरेलु उद्योगहरुमा कर्जा लगानी बृद्धि गर्दै लैजाने कार्य योजना रहेको छ । त्यस्तै आगामी दिनहरुमा मोबाईल बैंकिङ्ग सेवाको माध्यामबाट ग्राहकको उपभोग्य सेवा बिजुली, पानी, तथा टेलिफोनको बिल भुक्तानी गर्ने जस्ता सेवाहरु बिस्तार गर्दै लैजाने नीति रहेको छ । हाल यस विवकास बैंक र बागेश्वरी डेभलपमेन्ट बैंक लि.बिच मर्जको लागि सम्झौता भई नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती पत्र प्राप्त भए पश्चात राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्तर उन्नति गर्न आवश्यक भौतिक तथा मानव पूर्वाधार निर्माण, आवश्यक पूँजीको बृद्धि तथा दुई बैंक विचको नीति नियमहरुमा एकरुपता कायम गर्ने कार्य तदारुकता साथ सम्पन्न भई रहेको छ ।

(ग) बिगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्विक असर पार्न सक्ने घटना अवस्था आदि भएमा सो सम्बन्धी बिश्लेषणात्मक विवरण :
हाल बैकिङ्ग क्षेत्रमा रहेको अधिक तरलताको तुलनामा लगानी योग्य क्षेत्रहरुको कमी, कम ब्याजदर अन्तर तथा बैकहरुले प्रदान गर्ने कल खाताहरुमा ब्याजदर ज्यादै न्यून जस्ता कारण आगामी दिनहरुमा संस्थाको नाफामा केही मात्रामा भए पनि प्रभाव पर्ने देखिन्छ भने सोको अलावा संस्थाको अन्य आर्थिक विवरणहरुमा तात्विक नकारात्मक असर पार्न सक्ने अवस्था नरहेको ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

क) यस त्रैमासिक अवधिमा संस्थाले वा संस्थाका बिरुद्धमा कुनै किसिमको मुद्दा दायर नभएको ।
ख) यस विकास बैंकको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्घमा प्रचलित   नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त नभएको ।
ग) यस विकास बैंकका संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्धा दायर भएको जानकारी प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण :

यस विकास बैंक तथा बागेश्वरी डेभलपमेन्ट बैंक लि. नेपालगञ्ज बांके बिच मर्जर गर्ने प्रक्रिया अन्र्तगत मिति २०६९/११/१५ गते समझदारी पत्रमा ( MOU ) हस्ताक्षर सम्पन्न भए पश्चात यस विकास बैंकको धितोपत्र कारोवार रोक्का रहि सो अवधिसम्ममा शेयरको अन्तिम मूल्य रु.१२७ कायम रहेको थियो भने तत्पश्चात संस्थाको शेयर खरिद तथा बिक्री सम्बन्धी धितोपत्र कारोबार नभएको ब्यहोरा अनुरोध गरिन्छ । यसरी मर्जरले लामो समयसम्म शेयर कारोवार रोक्का रहेको कारण यस संस्थाको शेयर खरिद बिक्री हुन नपाउदा सर्वसाधारण शेयर धनीहरुले अहिलेको शेयर बजारमा शेयरको बढ्दो मूल्यबाट नाफा कमाउने अवसर गुमाईएको समेत ब्यबस्थापनको बिश्लेषण रहेको छ ।

५. समस्या तथा चुनौति :

क) आन्तरिक समस्या र चुनौती :

  • अधिक तरलताको तुलनामा लगानी योग्य क्षेत्रहरुको अभाव भई ब्याजदर परिवर्तनको कारण हुने असर
  • कम ब्याजदर अन्तरको कारण मुनाफा हुने असर
  • नयां प्रविधिको प्रयोगसंगै हने संचालन जोखिम

ख) बाह्रय समस्या तथा चुनौति :

  • बढ्दो उर्जा संकटले संचालन खर्चमा हुने बृद्धि
  • बिदेशी मुद्राको बढ्दो बिनीमय दरले आयातीत बस्तुको मूल्यमा हुने बृद्धि
  • राजनीतिक अस्थिरता तथा शान्ति सुरक्षा अभावको कारण हुने चोरी तथा लुटपाट

रणनीति :  यसरी यस्ता समस्याहरुको समाधानको लागि कर्मचारीहरुको कार्य क्षमातामा अभिवुद्धि गरि समय सापेक्ष तालिम तथा प्रशिक्षणहरु उपलब्ध गराई कर्जा लगानीमा नयां नयां उत्पादनशिल क्षेत्रको खोजी जस्ता ब्यवसायिक रणनीतिहरु अवलम्बन गर्दै ग्राहकहरुलाई छिटो छरितो सेवा प्रदान गर्न आधुनिक प्रविधिहरुको सही प्रयोग गरि हरेक चुनौतिहरुको अत्यन्त सम्बेदनशिल ढंगबाट समाधान गर्दै लैजाने रणनीति ब्यवस्थापनको रहेको छ ।

६. संस्थागत सुशासन :

संस्थागत सुशासनलाई सधै केन्द्र बिन्दु बनाई नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरुबाट संचालन हुने गोष्ठी तथा सेमीनारहरुमा उच्च ब्यवस्थापक तथा संचालकहरु सहभागी भई संस्थागत सुशासन सम्बन्धि जारी निर्देशनहरुको यस विकास बैंकले नियमित रुपमा अक्षरस पालना गर्दै आईरहेको छ । संस्थागत सुशासन अभिबृद्धि गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई ब्यवस्थित गर्न आन्तरिक लेखापरिक्षकको नियुक्त गरि प्रत्येक त्रैमासिक रुपमा आन्तरिक लेखा परीक्षण गराई लेखा परीक्षकले औल्याएका सुझाब तथा निर्देशनहरुलाई लेखा परीक्षक समितिमा गहन छलफल गरि कार्यान्वयन गर्दै आइरहेको छ भने यसको अलवा संचालक तथा ब्यबस्थापन तहमा बिभिन्न समितिहरु गठन गरि क्रियाशिल रहेका छन । यसरी उक्त समितिहरुले दिएका सुझाव बमोजिम आन्तरिक नीति तथा निर्देशिका तयार गरि कार्य सम्पादन गर्दै आईरहेको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

Latest News