आ.ब.२०६९/७० को चौथौ त्रैमासिक प्रतिवेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली,२०६५ को अनुसूचि–१४
(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)
आ.ब.२०६९/७० को चौथौ त्रैमासिक प्रतिवेदन

१.    वित्तीय विवरण
(क)    आ.ब.२०६९/७० को चौथौं त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण मिति २०७०/०५/०२ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको ।

(ख)    प्रमुख वित्तीय परिसूचकहरु :

प्रति शेयर आम्दानी रु २६/५८ (बार्षिक)
मूल्य आम्दानी अनुपात (पी/ई रेसियो) ४/७८ (बार्षिक)
प्रति शेयर नेटवर्थ रु.१३४/९२
प्रति शेयर कुल सम्पत्तिको मुल्य रु.१,१४३/७६
तरलता अनुपात २७/४४%

२.    व्यवस्थापकीय विश्लेषण

(क)    आ. व. २०६९/७० को मसान्तसम्मको वित्तिय अवस्थाको समिक्षा गर्दा यस विकास बैंकको बित्तीय स्थिति ब्यबस्थापनले प्रक्षेपण गरे अनुरुपनै उत्साहजनक उपलव्धी हासिल भएको अवस्थामा रहेको छ । अघिल्लो आ. व. को तुलनामा निक्षेपमा २१.३२, कर्जा लगानीमा २७.९५ तथा मुनाफामा ८० प्रतिशतको बृद्धि रहेको छ । यस अवधिमा यस विकास बैंकले कर्जा असुलीमा निकै नै तदारुकताका साथ कार्य सम्पादन गर्न सफल भएको कारण बैंकले मुनाफामा उत्साहजनक रुपमा बृद्धि गरि निष्कृय कर्जा अनुपात समेत न्यून गर्न सफल रहेको छ । आगामी दिनहरुमा यस कार्यलाई अझै बढि प्रभावकारी रुपमा अगाडी बढाई आफ्नो उदेश्य प्राप्तीमा योजनाबद्ध रुपमा  लागि पर्ने लक्ष्य लिएको छ ।

(ख)    यस विकास बैंक र बागेश्वरी डेभलपमेन्ट बैंक लि. बिच मर्जको लागि सम्झौता भई नेपाल राष्ट्रबाट सैद्धान्तिक सहमती पत्र समेत प्राप्त भई मर्जको कार्य अघि बढि रहेको छ । मर्ज पश्चात् राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्तर उन्नति भई कार्य क्षेत्र समेत विस्तार हुनेछ । हाल राष्ट्रिय स्तरको विकास बैंकको लागि आवश्यक भौतिक तथा मानव पूर्वाधार निर्माण, आवश्यक पूँजीको बृद्धि तथा दुई बैंक विचको निति नियमहरुमा एकरुपता कायम गर्ने कार्य तदारुकता साथ सम्पन्न भई रहेको छ ।

(ग)    यस संस्थाको आर्थिक विवरणहरुमा आगामी दिनहरुमा समेत तात्विक नकारात्मक असर पार्न सक्ने अवस्था छैन भने बित्तीय क्षेत्रमा हुन सक्ने बिभिन्न किसिमका जोखिमहरुलाई सहजै ब्यबस्थापन गर्न बैंक ब्यबस्थापन सधै सर्तकतापूर्वक चनाखो रहेको छ ।

३.    कानूनी कारवाही सम्बन्धी विवरण

क)    यस त्रैमासिक अवधिमा संस्थाले वा संस्थाका बिरुद्धमा कुनै किसिमको मुद्दा दायर नभएको ।

ख)    यस विकास बैंकको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्घमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त नभएको ।ग)    यस विकास बैंकका संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्धा दायर भएको जानकारी प्राप्त नभएको ।

४.    संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण

यस विकास बैंक तथा बागेश्वरी डेभलपमेन्ट बैंक लि. नेपालगञ्ज बांके बिच मर्जर गर्ने प्रक्रिया अन्र्तगत मिति २०६९/११/१५ गते समझदारी पत्रमा (MOU) हस्ताक्षर सम्पन्न भए पश्चात यस विकास बैंकको धितोपत्र कारोवार रोक्का रहि यस समिक्षा अवधिमा कुनै पनि धितोपत्र सम्बन्धी कारोबार नभएको ब्यहोरा अनुरोध गरिन्छ ।

५.    समस्या तथा चुनौति

क) आन्तरिक समस्या र चुनौती :

  • दक्ष जनशक्तिको अभाव तथा थमौतीमा समस्या ।
  • नयां नयां प्रबिधिहरुको प्रयोगसंगै संचालन जोखिमयुक्त बातावरण ।
  • शाखा तथा व्यापार विस्तारको कारणले कारोवारमा निगरानीको चुनौति ।

ख) बाह्रय समस्या तथा चुनौति :

  • नेपालको राजनितिक अस्थिरता, श्रमिक समस्या, उर्जा तथा भौतिक पूर्वाधारको कारण आर्थिक बृद्धिदर न्यून हुनु र उत्पादनशिल क्षेत्रमा लगानीको अवसरको कमि ।
  • बजारमा तरलताको अस्थिरताले गर्दा व्याजदरमा हुने परिवर्तनको चुनौति ।
  • केन्द्रिय बैंकको मौद्रिक एवं अन्य नितिमा हुने परिवर्तनले गर्दा हुने चुनौति  ।
        रणनीति : यस विकास बैंकले समय सापेक्ष अत्याधुनिक उच्च प्रविधिहरुको आत्मसात गर्दै जनशक्तिको बृत्ति विकासमा उच्च प्राथमिकता दिई दक्ष जनशक्तिद्धारा नयां नयां ब्यवसायिक योजनाहरुको तर्जुमा गरि सम्भावित क्षेत्रगत लगानीका अवसरहरुको पहिचान एवं ब्यवसायिक बिशिष्टीकरण अनुरुप सुरक्षित लगानी गर्ने र ग्राहकमुखी भई छिटो एवं छरितो तवरले सेवाहरु उपलब्ध गराउनुको साथै बैकिङ्ग क्षेत्रमा आउन सक्ने हरेक चुनौतिहरुको अत्यन्त सम्बेदनशिल ढंगबाट समाधान गर्दै लैजाने रणनीति रहेको छ ।

६.    संस्थागत सुशासन

यस विकास बैंकले नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरुबाट समय समयमा जारी गरिएका संस्थागत सुशासन सम्बन्धि निर्देशन बमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई ब्यबस्थित गर्न बिभिन्न समितिहरु क्रियाशिल रहि आन्तरिक नीति तथा निर्देशिका तयार गरि कार्य सम्पादन गर्दै आईरहेको छ भने प्रत्येक त्रैमासिक रुपमा आन्तरिक लेखा परीक्षण गराई लेखा परीक्षकले औल्याएका सुझाबहरुलाई सुधार एवं कार्यान्वयन गर्दै आइरहेको छ ।

७.    सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

Latest News