आ.ब. ०७३/०७४ को पहिलो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)
आ.ब.०७३/०७४ को पहिलो त्रैमासिक प्रतिबेदन

१. वित्तीय विवरण:
(क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ मिति २०७३/०७/१० गतेको आर्थिक अभियानमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ ।

(ख) प्रमुख बित्तीय अनुपात

प्रति शेयर आम्दानी रु. १६.५२
प्रति शेयर नेटवर्थ रु. १३९.९३
मुल्य आम्दानी अनुपात ३०.५६
तरलता अनुपात २२.७१%
प्रति शेयर कुल सम्पत्तिको मुल्य रु. १२०५.९९

२. व्यवस्थापकीय बिश्लेषण
यस चालु आ.ब.२०७३/७४ को प्रथम त्रैमासिक अवधीमा संस्थाको वित्तीय अवस्था ब्यावस्थापनले प्रष्क्षेपण गरे बमोजिम सन्तोषजनक नै रहेको छ । जुन गत आ.ब.को सोही अवधिको तुलनामा निक्षेपमा रु.२ अर्ब ४२ करोड बृद्धि गरि रु.१० अर्ब ९४ करोड अर्थात २८.४१५, कर्जामा रु. ३ अर्ब १९ करोड बृद्धि गरि रु. ९ अर्व ८० करोड अर्थात ४८.४०५ तथा खुद मुनाफमा रु. १ करोड २४ लाख बृद्धि भई रु.४ करोड ४३ लाख अर्थात ३८.८६५ ले वृद्धि हो भने बैंकले निष्कृय कर्जा अनुपात ०.८४ ५ कायम गर्न सफल भएको छ । यस विकास बैंकको साना साना धेरै संख्यामा व्यक्तिगत निक्षेपकर्ताहरु भएको कारण तरलता समस्याको खासै अनुभुति नभएकोले पनि बैंकले आफ्नो कर्जा/निक्षेप अनुपात (ने.रा.बै.अनुसार) सहज रुपमा ७८.८९५ कायम गर्न सफल रहेको छ साथै यस त्रैमासमा मात्र विकास बैंकले रु. ६४.९० करोड कर्जा तथा लगानीमा बृद्धि गरेकोले आगामी त्रैमासमा मुनाफामा सकारात्मक सुधार गर्ने ब्यवस्थापनको बिश्लेषण रहेकोछ ।

 

३. कानूनी कारवाही सम्बन्धी विवरण
यस विकास बैंकको समीक्षा अवधिमा यस बैंकलाई वा यस बैंकले कुनै मुद्दा दायर नगरेकोे/नभएको । यस त्रैमासिक अवधिमा बैंकको संस्थापक वा संचालकको बिरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अभियोग गरेको वा संचालक वा संस्थापक बिरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।

 

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी बिश्लेषण ।
(क) खुल्ला बजारले प्रतिपादित गरेको मुल्य तथा मान्यता अनुरुप शेयर कारोबारमा हुने उतार चढावलाई बैंकले सामान्य रुपमा लिएको छ ।
(ख) यस त्रैमासमा विकास बैंकको शेयर कारोबार निम्न अनुसार रहेको थियो ।

अधिकतम मुल्य ५९५
न्युनतम मुल्य ४३५
अन्तिम मुल्य ५०५
कारोबार संख्या ९६८
कारोबार दिन ५३

 

५.समस्या तथा चुनौती
– बैंक तथा बित्तीय संस्थाहरुको तरलतामा आउने उतार चढावको कारणले ब्याजदरमा भईरहेको परिवर्तनले हुन सक्ने जोखिम ।
– बैंक तथा वित्तिय संस्था माथी हुने गरेका जालसाजी तथा अपराधीक कार्यहरुमा भएको बृद्घि ।
– नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारले समय समयमा देशको वित्तिय नितीमा गर्ने परिवर्तनको प्रभाव ।
– सरकारी निकाय, संघ संस्था तथा संस्थानहरुले विकास बैंकहरुको बैंक ग्यारेण्टी तथा निक्षेप स्विकार सहज रुपमा नगर्नु ।
– मौद्रिक नितीबाट प्रस्तावित पूंजी वृद्धिले वित्तिय क्षेत्रमा पर्ने दिर्घकालीन असर ।
– नियमनकारी निकायहरुको निती, नियम तथा निर्देशनहरुबाट पर्ने दिर्घकालीन असर ।

               रणनीति

-समय सापेक्ष आधुनिक प्रविधिमा आधारित नयां नयां सेवाहरुको प्रयोगबाट आफ्ना ग्राहकहरुको आवश्यकता र चाहना अनुरुप                         अत्याधुनिक बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने ।

-तरलताको कारणले हुने जोखिमलाई न्यूनीकरण गर्न व्यक्तिगत साना साना निक्षेपमा केन्द्रित गरि ग्राहक सेवामा चुस्त गरिएको ।

– यस बैंकले आफ्नो जनशक्तिको कार्यदक्षता बृद्घिका लागी आन्तरीक, स्वदेश तथा विदेशका प्रतिष्ठीत संस्था तथा व्यक्तिहरुद्वारा                       आवश्यक प्रशिक्षणहरुमा निरन्तरता दिने ।

– बैंककोलाई सवल एवं सक्षम तुल्याउन मर्ज/प्राप्ती र पूँजी बृद्धिलाई दिर्घकालीन योजना का साथ अगाडी बढाईएको ।

 

६. संस्थागत सुशासन
बैंकले संस्थागत सुशासन सम्बन्धी प्रचलित ऐन, कानूनको पुर्ण रुपमा पालना गर्दै संचालक तथा कर्मचारी आचरण सम्बन्धी व्यवस्थाको पुर्ण रुपमा पालना गर्ने गरिएको छ । बैंकका आन्तरीक तथा बाह्य लेखापरिक्षणबाट औंल्याईएका कैंफियतहरुलाई तत्काल सुधार गर्र्ने गरिएको र आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरूस्त साथै पारदर्शि बनाउनको लागी बैंकले गत आर्थिक वर्षबाट बैंक भित्र हुने दैनिक कार्यहरूको आन्तरीक लेखा परिक्षण गर्नको लागी कन्कुरेन्ट अडिट (Concurrent Audit) कार्य निरन्तर रहेको छ ।

 

७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारीे अधिकृतको उद्घोषण
आजका मिति सम्म यस प्रतिबेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म ब्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिबेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

 

Latest News