आ.ब. ०७१।०७२ को चौथो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४

(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)

आ.ब. ०७१।०७२ को चौथो त्रैमासिक प्रतिबेदन

१. वित्तीय विवरण:

(क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ/ मिति २०७२/०४/१३ गतेको अन्नपूर्ण राष्ट्रिय दैंनिकमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ ।

(ख) प्रमुख बित्तीय अनुपात:

प्रति शेयर आम्दानी रु. २५.९२
प्रतिशेयर नेटवर्थ रु. १४१.७९
मुल्य आम्दानी अनुपात १२.१२
तरलता अनुपात ३१.०६%
प्रति शेयर कुल सम्पत्तिको मुल्य रु.१२६३.५३

२. व्यवस्थापकीय बिश्लेषण:

यस अवधीमा संस्थाको वित्तीय अवस्था उत्साहजनक रहेको छ । गत त्रैमासको खुद मुनाफामा ६२.२४% र कर्जा तर्फ रु. १९.३४ करोड (३.०५%) र निक्षेप तर्फ रु. ९२.३० करोड (१३.०२ %) को वृद्धि गरेका छौ । निष्कृय कर्जालाई न्यून स्तरमा ल्याउन सफल भएका छौ र उक्त कर्जाहरु सुरक्षणको हिसाबबाट पूर्ण रुपमा सुरक्षीत रहेका छन् । गत बैशाख महिनामा आएकोे महाभुकम्पबाट सम्पूर्ण बैंक तथा ग्राहक महानुभावहरुमा कुनै प्रकारको थप आर्थिक ब्ययभार पर्ने कुनै प्रकारको अप्रिय घटना नघटेको जानकारी गराउदछौ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

(क) समीक्षा अवधिमा यस बैंकलाई वा यस बैंकले कुनै मुद्दा दायर नगरेकोे/नभएको।
(ख) यस त्रैमासिक अवधिमा बैंकको संस्थापक वा संचालकको बिरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अभियोग गरेको वा संचालक वा संस्थापक बिरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी बिश्लेषण ।

(क) खुल्ला बजारले प्रतिपादित गरेको मुल्य तथा मान्यता अनुरुप शेयर कारोबारमा हुने उतार चढावलाई बैंकले सामान्य रुपमा लिएको छ ।

(ख) यस त्रैमासमा शेयर कारोबार निम्न अनुसार रहेको थियो

अधिकतम मुल्य न्युनतम मुल्य अन्तिम मुल्य कारोबार संख्या कारोबार दिन
३५१ २९२
३१४ १५८ ३८

५. समस्या तथा चुनौती:

  • विकास बैंक मर्जसंगै थपिएका नयाँ प्रविधीको सक्दो प्रयोग गरी विविध प्रकारका जोखिमहरु लगायत संचालन तथा अन्य खर्चको कटौंती गरी बैंकलाई एक सबल तथा आधुनिक बैंकका रुपमा परिचित गराउँन ।
  • विकास बैंक मर्ज पश्चात देशको पूर्व देखि सुदुर पश्चिमसम्म बैंकको उपस्थितीकालागी शाखा सञ्जाल बिस्तार गर्नुपर्ने भएका कारण दक्ष जनशक्तीको व्यवस्थापन लगायत संचालन खर्चमा हुन सक्ने सम्भावित बृद्घि न्यून कायम गर्न ।
  •  ब्याजदरमा भईरहेको परिवर्तन तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ब्याज÷संचालन आम्दानीमा कमीको सम्भावना ।
  • लोडसेडिङ्ग, बजार मुल्यमा बृद्घिआदि जस्ता कारणले संचालन लागतमा बृद्घि हुनसक्ने सम्भावना ।
  • समय समयमा बैंक तथा वित्तिय संस्थामाथी हुने गरेका अपराधीक कार्यहरुमा भएको बृद्घि ।
  • तरल सम्पति लगानीको अवसरमा कमि ।
  • नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारले समय समयमा देशको वित्तिय नितिमा गर्ने परिवर्तनको प्रभाव ।
  • सरकारी निकाय, संघ संस्था तथा संस्थानहरुले विकास बैंकहरुको बैंक ग्यारेण्टी तथा निक्षेप स्विकार सहज रुपमा नगर्नु ।
  • भुकम्प लगायत दैवीक विपत्तिबाट हुन जाने क्षतीले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा कारोबारमा पर्ने दिर्घकालिन असर ।
  • हालैमात्र जारी मौद्रिक नितीबाट प्रस्तावित पूंजी वृद्धिले वित्तिय क्षेत्रमा पर्ने दिर्घकालीन असर ।
  • हालै गएको महाभुकम्पले समग्र आर्थिक क्षेत्रमा परेको प्रभावका कारण लगानी संकुचन तथा अधिक तरलताले पर्ने दिर्घकालीन असर ।

रणनीति

  • कर्मचारीहरु बैंकका सम्पत्ती भएका कारण निजहरुको कार्यदक्षता बृद्घिका लागी आवश्यक तालिम उपलब्ध गराउँदैं कर्मचारीको उचित व्यबस्थापन सहित कार्यविभाजन गरिएको र यसको परिमार्जन÷पुनरावलोकन समेत गर्दै अनुभव शिप कौशलको सक्दो सदुपयोग गरि क्रमशः विभिन्न तहमा अधिकार प्रत्यायोजन तथा नियमन गर्दै लगिने ।
  • नयाँ नयाँ उच्चतम प्रविधि तथा उत्कृष्ट कार्यशैंलीको छनौंट गरी छिटो, छरितो सेवा सहित न्यून खर्चमा अधिकतम सेवा प्रदान गर्दै जाने ।
  • बैंक राष्ट्रिय स्तरको भएता पनि आफ्नो उपस्थिती नरहेका, बैंकिङ्ग आवश्यकता र सम्भावना भएका पुर्व देखि पश्चिम सम्मका क्षेत्रहरुमा आफ्नो सेवा बिस्तार गर्नुपर्ने योजना तथा कार्यक्रम रहेका कारण सोही बमोजिम अनुशासित, दक्ष तथा सक्षम कर्मचारीहरुको समेत छनौंट गरी शाखा बिस्तार गर्दै लगिने योजना रहेको छ ।
  • ब्याजदरमा भईरहेको कमिलाई क्रमशः समायोजन गर्दै समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरु थालनी गर्ने तथा ग्राहकमुखि सेवाहरु उपलब्ध गराईनेछ ।
  • संचालन खर्च न्यून राख्न खर्चलाई केन्द्रिकृत गरी सम्भव भए सम्म न्यून लागतमा कार्य गर्ने योजना रहेको छ ।
  • बढ्दो बैंकिङ्ग प्रतिष्पर्धा प्रति सजग रहि कर्जा लगानी गर्ने तथा यथासम्भब कर्जा विविधीकरण गर्ने तर्फ पहल गर्ने र अन्य लगानीका विकल्पमा समेत अध्ययन गरी लगानी बिस्तार गर्ने ।
  • तरल अर्थ(राजनैतिक अवस्थालाई नजिकबाट मध्यनजर गर्दै साविक रणनीतिहरुलाई परिमार्जन गर्दै लगिनेछ ।
  • बैंकको आवश्यक्ता अनुसार सेवा, सुविधा तथा पूजी वृद्धिलाई प्राथमिकतामा लिएर बैंक अगाडी बढ्नेछ ।

६. संस्थागत सुशासन:

बैंकले संस्थागत सुशासन सम्बन्धी प्रचलित ऐन, कानूनको पुर्ण रुपमा पालना गर्दै संचालक तथा कर्मचारी आचरण सम्बन्धी व्यवस्थाको पुर्ण रुपमा पालना गर्ने गरिएको छ । बैंकका आन्तरीक तथा बाह्य लेखापरिक्षणबाट औंल्याईएका कैंफियतहरुलाई तत्काल सुधार गर्र्ने गरिएको र आन्तरिक व्यवस्थापनलाई चुस्त, दुरूस्त साथै पारदर्शि बनाउनको लागी यस आर्थिक वर्षबाट बैकं भित्र हुने दैनिक कार्यहरूको आन्तरीक लेखा परिक्षण गर्नको लागी कन्कुरेन्ट अडिट (Concurrent Audit) कार्य शुरूवात गरिएको छ ।

७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारीे अधिकृतको उद्घोषण :
आजका मितिसम्म यस प्रतिबेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म ब्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिबेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

Latest News