आ.ब. ०७०।०७१ को चौंथो त्रैमासिक प्रतिबेदन

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४

(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)
आ.ब. ०७०।०७१ को चौंथो त्रैमासिक प्रतिबेदन

१. वित्तीय विवरण:
(क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण मिति २०७१/०५/०३ गतेको अभियान दैंनिक राष्ट्रिय दैंनिकमा प्रकाशन गरिएको छ । साथैं यस बैंकको वेभसाईट www.shangrilabank.com मा समेत राखिएको छ ।

(ख) प्रमुख बित्तीय अनुपात (रु. हजारमा):

प्रति शेयर आम्दानी रु. २४.७३
प्रतिशेयर नेटवर्थ रु. १३९.५०
मुल्य आम्दानी अनुपात ५.९४%
तरलता अनुपात ३३.८१%
प्रति शेयर कुल सम्पत्तिको मुल्य रु. ११७७.३३

२. व्यवस्थापकीय बिश्लेषण:

विगत लामो समय देखि मर्जर प्रकृयामा रहेका दुई विकास बैंक (साविक बागेश्वरी डेभलपमेण्ट बैंक लि., नेपालगंज र साविक सांग्रीला डेभलपमेण्ट बैंक लि. पोखरा) मिति २०७१/०३/२९ गते देखि विधिबत रुपमा मर्ज भई राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको छ । बैंकको कार्यक्षेत्र बिस्तार संगसंगै शाखा संजालमा भएको बृद्घिका कारण बैंकलाई थप अवसर प्राप्त भएको र यसको सक्दो सदुपयोग गरिनेछ । निक्षेप संकलन तथा कर्जा लगानीमा दुबैं विकास बैंकले यस त्रयमासमा हासिल गरेको उपलब्धी, निष्कृय कर्जामा कमी, उल्लेखनिय मुनाफा निक्षेप लागतमा क्रमिक रुपमा न्यूनता यस प्रतिवेदनका प्रमुख आकर्षण रहेका छन । यस विकास बैंकले ग्रामिण क्षेत्रमा रहेको आफ्नो पहुचलाई अझ निरन्तरता प्रदान गरी अति विपन्न तथा पिछडिएका क्षेत्रमा आफ्नो सेवा पुयाउँने लक्ष्य यथावत कायम राखेको छ । सामाजिक उत्तरदायित्व सहितको बैंकिङ्ग व्यवसाय गर्दै आएको यस बैंकले नियमनकारी निकायले दिएका निर्देशनहरुको पुर्ण पालना गर्दै आएको र आगामी दिनहरुमा समेत यसको पुर्ण पालना गर्नेछ । क्षणीक लाभमा नअल्झिई दिगोपनका लागी कार्य सूचारु गरेको यस विकास बैंकका योजना तथा कार्यक्रम समेत सोही अनुरुपका रहने तथा रहेका छन । बैंकले आगामी त्रयमासमा संतुलित रुपमा निक्षेप तथा कर्जामा बृद्घि गर्दै लैंजाने, निष्कृय कर्जा न्यून कायम गर्ने, थप अवसरको उपयोग गर्ने, प्राविधिक रुपमा नयाँ प्रविधिको उपयोग गरी सबल रहने, समग्र शेयरधनी तथा निक्षेपकर्ताको हकहितका लागी विशेष ध्यान दिने छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

(क) समीक्षा अवधिमा यस बैंकलाई वा यस बैंकले कुनै मुद्दा दायर नगरेकोे/नभएको ।

(ख) यस त्रैमासिक अवधिमा बैंकको संस्थापक वा संचालकको बिरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अभियोग गरेको वा संचालक वा संस्थापक बिरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी बिश्लेषण :

(क) खुल्ला बजारले प्रतिपादित गरेको मुल्य तथा मान्यता अनुरुप शेयर कारोबारमा हुने उतार चढावलाई बैंकले सामान्य रुपमा लिएको छ ।

(ख) साविक बागेश्वरी डेभलपमेण्ट बैंक लि. नेपालगंज र सांग्रीला डेभलपमेण्ट बैंक लि. पोखरा एक आपसमा गाभिने प्रकृया अन्तर्गत मिति २०६९/११/१५ गते देखि रोक्का रहेको धितोपत्र कारोवार खुल्ला गर्ने तथा मर्ज बैंकको तर्फबाट पुरानो शेयर प्रमाणपत्र खिची नयाँ प्रमाणपत्र वितरण गर्ने प्रकृया चलिरहेको व्यहोरा सूचित गरिन्छ ।

५. समस्या तथा चुनौती:

  • विकास बैंक मर्जर संगसंगै थपिएका नयाँ प्रविधीको सक्दो प्रयोग गरी विविध प्रकारका जोखिमहरु लगायत संचालन तथा अन्य खर्चको कटौंती गरी बैंकलाई एक सबल तथा आधुनिक बैंकका रुपमा परिचित गराउँन ।
  • विकास बैंक मर्जर पश्चात देशको पूर्व देखि सुदुर पश्चिम सम्म बैंकको उपस्थितीका लागी शाखा सञ्जाल बिस्तार गर्नुपर्ने भएका कारण दक्ष जनशक्तीको भर्ना लगायत संचालन खर्चमा हुनसक्ने सम्भावित बृद्घि न्यून कायम गर्न ।
  • ब्याजदरमा भईरहेको परिवर्तन तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ब्याज÷संचालन आम्दानीमा कमीको सम्भावना ।
  • लोडसेडिङ्ग, बजार मुल्यमा बृद्घि आदि जस्ता कारणले संचालन लागतमा बृद्घि हुनसक्ने सम्भावना ।
  • समय समयमा बैंक तथा वित्तिय संस्थामाथी हुने गरेका अपराधीक कार्यहरुमा भएको बृद्घि ।
  • तरल सम्पति लगानीको अवसरमा कमि ।
  • नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारले समय समयमा देशको वित्तिय नितीमा गर्ने परिवर्तनको प्रभाव ।
  • सरकारी निकाय, संघ संस्था तथा संस्थानहरुले विकास बैंकहरुको बैंक ग्यारेण्टी स्विकार तथा निक्षेप प्रदान सहज रुपमा नगर्नु ।

रणनीति:

  • कर्मचारीहरु बैंकका सम्पत्ती भएका कारण तिनिहरुको कार्यदक्षता बृद्घिका लागी आवश्यक तालिम उपलब्ध गराउँदैं कर्मचारीको उचित व्यबस्थापन सहित कार्यविभाजन गरिएको र यसको परिमार्जन÷पुनरावलोकन समेत गर्दै उनिहरुको अनुभव शिप कौशलको सक्दो सदुपयोग गरि क्रमशः विभिन्न तहमा अधिकार प्रत्यायोजन तथा नियमन गर्दै लगिने ।
  • बैंक मर्जर पश्चात थपिएका तथा पहिले प्रयोगमा रहेका नयाँ नयाँ प्रविधि लगायत दुई विकास बैंकबाट उत्कृष्ट कार्यशैंलीको छनौंट गरी छिटो, छरितो सेवा सहित न्यून खर्चमा अधिकतम सेवा प्रदान गर्दै जाने ।
  • बैंक राष्ट्रिय स्तरको भएता पनि आफ्नो उपस्थिती नरहेका, प्रशस्त बैंकिङ्ग सम्भावना भएका पुर्व देखि पश्चिम सम्मका क्षेत्रहरुमा आफ्नो सेवा बिस्तार गर्नुपर्ने योजना तथा कार्यक्रम रहेका कारण सोही बमोजिम अनुशासित, दक्ष तथा भरपर्दा कर्मचारीहरुको समेत छनौंट गरी शाखा बिस्तार गर्दै लगिने योजना रहेको छ ।
  • ब्याजदरमा भईरहेको कमीलाई क्रमशः समायोजन गर्दै समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरु थालनी गर्ने तथा ग्राहकमुखि सेवाहरु उपलब्ध गराईनेछ ।
  • संचालन खर्च न्यून राख्न खर्चलाई केन्द्रिकृत गरी सम्भव भए सम्म न्यून लागतमा कार्य गर्ने योजना रहेको छ ।
  • बढ्दो बैंकिङ्ग प्रतिष्पर्धा प्रति सजग रहि कर्जा लगानी गर्ने तथा यथासम्भब कर्जा विविधीकरण गर्ने तर्फ पहल गर्ने र अन्य लगानीका विकल्पमा समेत अध्ययन गरी लगानी बिस्तार गर्ने ।
  • तरल अर्थ(राजनैतिक अवस्थालाई नजिकबाट मध्यनजर गर्दै साविक रणनीतिहरुलाई परिमार्जन गर्दै लगिनेछ ।

६. संस्थागत सुशासन :

बैंकले संस्थागत सुशासन सम्बन्धी प्रचलित ऐन, कानूनको पुर्ण रुपमा पालना गर्दै संचालक तथा कर्मचारी आचरण सम्बन्धी व्यवस्थाको पुर्ण रुपमा पालना गर्ने गरिएको छ । बैंकका आन्तरीक तथा बाह्य लेखापरिक्षणबाट औंल्याईएका कैंफियतहरुलाई तत्काल सुधार गर्र्ने गरेको छ ।

७. सत्य तथ्य सम्बन्धमा प्रमुख कार्यकारीे अधिकृतको उद्घोषण:

आजका मितिसम्म यस प्रतिबेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म ब्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिबेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानिकर्ताहरुलाई सुसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

 

Latest News