साँग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षद्धारा शपथ ग्रहण !

यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मिति २०७५/०९/३० गते सम्पन्न चौंधौ बार्षिक साधारण सभाबाट संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ /३ जना गरि जम्मा ६ जना र्निविरोध निर्वाचित संचालकहरु मध्ये सोही दिन बसेको नव निर्वाचित संचालकहरुको २२४ औ बैंठकले सर्वसम्मत रुपमा श्री अच्युुत प्रसाद प्रसाईज्यूलाई अध्यक्षमा चयन गरि मति २०७५ माघ ०१ गते नेपाल राष्ट्र बैंक, बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेलज्यूूको समुुपस्थितीमा नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर श्री चिन्तामणी शिवाकोटीज्यू समक्ष पद तथा गोपनीयताको शपथ लिनुु भयो । बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भए पछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढांचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने ब्यवस्था बमोजिम श्री प्रसाईले शपथ लिनुु भएको हो ।

आ.ब. २०७५/७६ को दोस्रो त्रैमासमा बैंकले करिब रु. १८ अर्ब ५० करोड निक्षेप संकलन तथा रु. १६ अर्ब ७५ करोड कर्जा प्रवाह गरि करिब रु.२९ करोड ५० लाख संचालन मुुनाफा आर्जन गरेको छ ।

 

सहयोगको लागि धन्यवाद ।

…………………………….
(सुुयोग श्रेष्ठ)
प्रमुख कार्यकारी अधिकृत

Latest News