प्रेस विज्ञप्ती मिति २०८०।०४।०७ सांग्रिला डेभलपमेन्ट बैंक लि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको आर्थिक सहयोगप्रेस विज्ञप्ती

सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा आज मिति २०८०।०४।०७ गते महिला आदर्श सेवा केन्द«लाई आर्थिक सहयोग अन्र्तगत चेक हस्तान्तण गरी सहयोग गरेको छ । यस महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि. सं २०४० मा स्थापना भएको संस्था हो । यस वीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आप्mनै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त महिला आदर्श सेवा केन्द«लाई बैंकका प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गर्नुभएको थियो । यस किसिमको सहयोगले उक्त केन्द«लाई ठूलो मद्दत पुगेको कुरा व्यक्त गर्दै सो महिला आदर्श सेवा केन्द«का अध्यक्ष श्रीमती निरु श्रेष्ठज्यूले आफ्नो विचार राख्नु भयो ।

सांग्रिला डेभलपमेन्ट बंैकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको व्यहोरा समेत अवगत गराउँदछौ ।

सहयोगको लागि धन्यवाद ।

प्रेस विज्ञप्ती मिति २०८०।०४।०३ सांग्रिला डेभलपमेन्ट बैंक लि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा आज मिति २०८०।०४।०३ गते मालीगाँउ, काठमाडौं स्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरी सहयोग गरेको छ । त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन लगायत चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले उक्त ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरियो ।

सो कार्यक्रमका विच उक्त ट्राफिक प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशीले फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण गर्नुभएको थियो । यस किसिमको सहयोगले ट्राफिक प्रहरीहरुलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै यस सम्वन्धि कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भनी ट्राफिक प्रहरी वृत , मालीगाँउका प्रहरी निरीक्षक श्री सागर घले ज्यूले आफ्नो विचार राख्नु भयो ।

सांग्रिला डेभलपमेन्ट बंैकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको व्यहोरा समेत अवगत गराउँदछौ ।

सहयोगको लागि धन्यवाद ।

प्रेस विज्ञप्ती मिति २०८०।०२।१४ सांग्रिला डेभलपमेन्ट बैंक लि र ब्क्न् ASG EYE CARE AND HEALTH SERVICE बिच सम्झौता पत्रमा हस्ताक्षर

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ASG EYE CARE AND HEALTH SERVICE बिच बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा आज मिति २०८०।०२।१४ का दिन हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत श्री अपूर्व प्रसाद जोशी ज्यू र ASG EYE CARE AND HEALTH SERVICE को तर्फबाट निर्देशक डा Þसबिन ढकाल ज्यूले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार ASG EYE CARE AND HEALTH SERVICE ले बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका आँखा सम्बन्धी OPD Package, (Synoptophore, Retinoscopy etc) तथा अन्य package सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्नेछ । आँखा चेक जाँचमा बैंकका ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।

प्रेस विज्ञप्ती मिति २०८०।०२।२० वातावरण दिवसको अबसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल रयाली

विश्व बातावरण दिवसका अवसरमा आज मिति २०८०।०२।२० मा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले “इन्धन जोगाऔं, पृथ्वी बचाउौं”, नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल रयालीको आयोजना गरी सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुुयोग श्रेष्ठबाट साइकल रयालीमा सहभागीहरुलाई वातावरण संरक्षणमा सर्वसाधारणको दायित्व विषयमा संवोधन गरिए पश्चात साईकल रयालीको शुरुवात गरिएको थियो ।
बैंकको केन्द्रिय कार्यालय बालुवाटारको प्राङ्गण रयालीबाट सुरु भई गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबार मार्ग, कृष्ण पाउरोटी, सिटि सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो । उक्त साइकल रयालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी, प्रायोजक एवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरु गरीे लगभग ४०० भन्दा बढीको उपस्थिती रहेको थियो ।
यस साइकल रयालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुरयाउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । बातावरण लाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “SAVE FULE SAVE EARTH” भन्ने नारा लिएर बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिंदै जाने व्यहोरा जानकारी गराइन्छ ।
सो रयालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिर्सट र चिनो स्वरुप एक एक वटा विरुवा प्रदान गरिएको थियो । साथै एक साईकल रयालीमा सहभागी हुनुभएका श्री राधा कृष्ण श्रेष्ठज्यूलाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल प्रदान गरिएको थियो ।
“इन्धन जोगाऔं ,पृथ्वी बचाउौं” भन्ने नाराका साथ वातावरण दिवसको अवसरमा आयोजना गरिएको यस साईकल रयालीमा सम्पूर्ण व्यक्तित्वहरुको उत्साहपूर्वक सहभागीता रहेको थियो ।

प्रेस विज्ञप्ती मिति २०८०।०२।०७ सांग्रिला डेभलपमेन्ट बैंक लि र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्टिस्टच्यूट प्रा. लि बिच सम्झौता पत्रमा हस्ताक्षर

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लि .” बिच बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा आज मिति २०८०।०२।०७ का दिन हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लि को तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा. लि ले बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका द्यभम अजबचनभ, म्ष्बनयलष्कतष्अ एचयअभमगचभ,एजबचmबअथ बलम ज्भबतिज उबअपबनभ सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्नेछ । स्वास्थ्य चेक जाँचमा बैंकका ग्राहक महानुभावहरुलाई १५ प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ।

प्रेस विज्ञप्ती मिति २०७९/१२/२६ सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षद्वारा शपथ ग्रहण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकोे १८ औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित हुनुभएका अध्यक्ष श्री उज्ज्वल सत्यालज्यूले आज नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर श्रीमती नीलम ढुङ्गना तिम्सिनाज्यू समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको ब्यहोरा जानकारी गराईन्छ । सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालज्यूद्वारा अन्य संचालकज्यूहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात यस नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने ब्यहोरा जानकारी गराइन्छ । नवनियुक्त अध्यक्ष तथा सञ्चालकज्यूहरुलाई आफ्नो कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सहयोगको लागि धन्यवाद ।