हाम्रो बारेमा

समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुले प्रवद्धर्न गरेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न ख वर्गको इजाजतपत्र प्राप्त गरी मिति २०६१/०७/१३ देखि वित्तीय कारोवार शुरु गरेको पब्लिक लिमिटेड कम्पनी हो । बागेश्वरी डेभलपमेन्ट बैंक लिमिटेडमा साविक साग्रिला डेभलपमेन्ट वैंक लिमिटेड गाभिए पश्चात वनेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कसमस डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । अधिकृत पूंजी रु. ३,०००,०००,०००/–, जारी तथा चुक्ता पंूजी रु. २,६०६,६४०,४००/– रहेको यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय का.म.न.पा. वडा नं. ४, बालुवाटारमा रहेको छ । नेपाल भर ……. जिल्लामा ९१ शाखाहरु रहेको यस डेभलपमेन्ट बैंकमा संस्थापक शेयरधनी ५१ प्रतिशत र सर्वसाधारण शेयरधनी ४९ प्रतिशत रहेका छन् ।

उद्देश्य

साग्रिला डेभलपेन्ट बैंक लिमिटेड स्थानिय विकासको आधार भन्ने मुल नारालाई आत्मसाथ गरी अगाडी वढेको यस डेभलपमेन्ट बैंकको मुख्य उद्देश्यहरु देहाय बमोजिम रहेका छन् ।

१) बिकास बैंकका निक्षेपकर्ता तथा शेयरधनिको हक हितको सरंक्षण र सम्बद्र्धन गर्दै सर्बसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बित्तिय सेवा उपलब्ध गराउने

२) कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यवसायिक रुपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना,विकास, विस्तार र क्षमता एवम् उत्पादकत्व वृद्धिका लागि आवश्यक बित्तिय साधन आन्तरिक तथा बाह्य श्रोत जुटाई देशको औद्योगिक व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पु¥याउने

३) उपलब्ध शीप, श्रम तथा पूँजीलाई उचित परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवम् रोजगारीमूलक व्यवसायको स्थापना, संचालन, विकास एवम् प्रबद्र्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तिय साधन, प्राविधिक तथा व्यवसथापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिबी निवाकरणका लागि सक्रिय रुपमा संलग्न भई सहयोग पु¥याउने

४) वित्तिय सेवामा जोखिम कम गर्दै वित्तिय क्षेत्रको उदारीकरणमा मद्दत पु¥याउने तथा देशको अर्थतन्त्रलाई सवल एवं सुदृढ बनाउन सहयोग पु¥याउने र

५) मुलुकमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी संस्थागत लगानी तथा स्वस्थ प्रतिस्पर्धाको मध्यमबाट वित्तिय मध्यस्थताको सेवा उपलब्ध गराउने एवं देशको समग्र वित्तिय प्रणली प्रति सर्बसाधारणको विश्वसनियता अभिवृद्धि गर्न सहयोग पु¥याउने ।

सञ्चालक समिति

क्र.संं. सञ्चालकको नाम
१ श्री अच्यूत प्रसाद प्रसाई, अध्यक्ष
२ श्री सुशिल काजी बानिया, संचालक
३ श्री नरेशमान तुलाधर, संचालक
४ श्री गंगा सागर ढकाल, संचालक
५ श्री लिसा शेरचन, संचालक
६ श्री राजुनाथ खनाल, स्वतन्त्र संचालक

उच्च व्यवस्थापन समूह

सुयोग श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत
अपूर्व प्रसाद जोशी, प्रमुख संचालन अधिकृत
रजित मास्के, प्रमुख कर्जा अधिकृत